एपल र नाइकीलाई ‘चीन उइगर सम्बन्ध’ भङ्ग गर्न आग्रह



नाइकीसहितका ठूला कम्पनीहरूले चीनका उइगर मुस्लिमहरूलाई बलजफती काममा लगाएर गरिएको उत्पादनका आपूर्तिकर्तासँग सम्बन्ध तोड्न दबाव झेलिरहेका छन् । मुस्लिम अल्पसङ्ख्यकमाथि चीनद्वारा गरिएको दमनलाई प्रोत्साहन गरेको र त्यसबाट फाइदा लिइरहेको आरोप लगाउँदै अधिकारकर्मीहरूले एउटा अभियान पनि थालेका छन् ।

संयुक्त राज्य अमेरिकाले पनि सिन्जियाङमा व्यापार गरिरहेका कम्पनीहरूलाई चेतावनी दिँदै आर्थिक दबाव बढाइरहेको छ । नाइकी र अरू ब्रान्डहरूले त्यो विषयलाई पछ्याइरहेको बताएका छन् । आफ्ना आपूर्तिकर्ताहरूसँग मिलेर उइगर र अरू आदिवासी अल्पसङ्ख्यकहरूको रोजगारसँग सम्बन्धित सम्भावित जोखिमहरूको पहिचान तथा समीक्षा गर्न लागिपरेको नाइकीले जनाएको छ ।

उसले धेरै उइगरहरू बस्ने र अधिकांश उद्योगले श्रमिक प्रयोग गर्ने सिन्जियाङ क्षेत्रबाट सोझै सामानहरू नल्याउने गरेको पनि बताएको छ । एपल कम्पनीले पनि सो विषयमाथि अनुसन्धान गरेको जनाएको छ । आफ्नो उत्पादनको काममा बलजफती श्रम गराइएको कुनै प्रमाण फेला नपारेको र यो विषयलाई हेरिरहने कम्पनीले जनाएको छ ।

राजनीतिज्ञ तथा अधिकारकर्मीहरू चिनियाँ सरकारले गर्ने मानवाधिकार हनन्को विषयमा जोडिन नचाहे कम्पनीहरूले कम्तीमा आफ्नो क्षेत्रमा थप कदम चाल्नुपर्ने बताउँछन् । एन्टीस्लेभरी इन्टरनेशनलका च्लोई क्र्यान्स्टन ब्रान्ड र खुद्रा विक्रेताहरू पहिल्यै निक्लिनुपर्नेमा उनीहरूले त्यसो नगरेको तथा त्यही भएर मानिसहरू भनाइभन्दा गराइ ठूलो भएको बताउँछन् ।

दबाव समूहमा संलग्न १८० भन्दा बढी सङ्गठनमध्ये एन्टी स्लेभरी इन्टरनेशनल पनि एक हो । अस्ट्रेलियन स्ट्रटीजिक पोलिसी इन्स्टिट्यूट (एएसपीआई) र अमेरिकी कङ्ग्रेस लगायतका संस्थाका अनुसार हजारौँ उइगरहरूलाई चीनभरि विभिन्न कारखानाहरूमा काम गर्न पुर्याइएको छ ।

एएसपीआईको प्रतिवेदनमा जबरजस्ती श्रममा लगाइएको भनिएको छ । नाइकी, एपल र ग्यापसहित ८० भन्दा बढी चर्चित ब्रान्डका कारखानाबारे त्यसमा उल्लेख गरिएको छ । चीनले १० लाखभन्दा बढी उइगरहरूलाई विभिन्न शिविरहरूमा राखेको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ हजार कर्मचारी कटौती गर्दै अमेजन

अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख कार्यकारी

बन्दुकधारीको आक्रमणबाट पाकिस्तानमा ११ जनाको मृत्यु

बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेका प्रहरीले जनाएको

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ ।नाइजेरियामा शुद्ध पिउने पानीको

विद्रोहीको आक्रमणबाट कङ्गोमा २१ सर्वसाधारणको मृत्यु

अफ्रिकी देश कङ्गोमा विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान