कोरोना संक्रमणका कारण भारतका पूर्व राष्ट्रपति मुखर्जीको अवस्था गम्भीर



कोरोनाभाइरस सङ्क्रमण भएपछि भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । ८४ वर्षीय मुखर्जीलाई कोभिड १९ पुष्टि भएको भोलिपल्ट मङ्गलवार सघन उपचार कक्षमा सारिएको बताइएको छ । अस्पतालमा मस्तिष्कमा रगत जमेर बनेको सानो टुक्रा हटाउन शल्यक्रियाका लागि पुगेका मुखर्जीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो ।

स्थानीय सञ्चारमाध्यमहरूले अस्पतालले उनको अवस्था गम्भीर रहेको र आगामी केही घण्टा महत्वपूर्ण हुने बताएको उल्लेख गरेका छन् । उनी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए । राष्ट्रपति हुनुअघि मुखर्जी भारतका अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्त्वपूर्ण पदमा रहेर काम गरेका थिए । उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बोर्डमा पनि काम गरेका थिए ।

कोरोनाभाइरस सङ्क्रमण सङ्ख्यामा भारतमा विश्वमै तेस्रो स्थानमा रहेको छ । मृत्युदर अन्यत्रभन्दा कम भए पनि सङ्क्रमणको तीव्र वृद्धिदरले विज्ञहरू चिन्तित देखिएका छन् । भारतमा २० दिनमा सङ्क्रमण १० लाखबाट दोबर हुँदै २० लाख भएको थियो । विगत २४ घण्टामा त्यहाँ झन्डै ६४ हजार सङ्क्रमित थपिएर कुल सङ्ख्या २३ लाख नजिक पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा