लेवननका प्रधानमन्त्रीद्वारा राजीनामा



गत मङ्गलवार दुई सय जनाभन्दा बढीको ज्यान जानेगरी बेरुतमा भएको विस्फोटनका कारण लेबनानमा जनाक्रोश बढिरहेका बेला प्रधानमन्त्री हसन दीयाबले राजीनामा दिएका छन् । राष्ट्रिय टेलिभिजनमार्फत् सोमवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दीयाबले पदत्याग गरेको घोषणा गरेका हुन् ।

लेबनानीहरूले सरकारमाथि भ्रष्टाचार र अक्षमताको आरोप लगाएका छन् । आक्रोशित मानिसहरूले लगातार तेस्रो दिन प्रदर्शन गरेका थिए । उनीहरूको प्रहरीसँग झडप भएको थियो । वर्षौँदेखि बेरुतस्थित बन्दरगाहमा असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनीअम नाइट्रेटका कारण उक्त विस्फोटन भएको थियो ।

राष्ट्रपति मीसेल आउनले नयाँ सरकार नबनुन्जेल कामचलाउन सरकारका रूपमा अहिलेकै सरकारलाई काम गर्न भनेका छन् । महिनौँको राजनीतिक गतिरोधपश्चात् हसन दीयाब यसै वर्षको जनवरीमा प्रधानमन्त्री नियुक्त भएका थिए । उनले आफ्नो सरकारले देशलाई बचाउनका लागि निकै अगाडि बढेर एउटा मार्गचित्र तयार पारेको तर भ्रष्टाचारका कारण त्यसो हुन नसकेको बताए ।

प्रधानमन्त्रीले आफूलाई सुधारवादी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको र सुधारका लागि वर्षौँदेखिको भ्रष्टाचारले रोकेको बताएको बीबीसीका मध्यपूर्व संवाददाताले बताएका छन् । अब संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्नुपर्नेछ। त्यसका लागि प्रदर्शनकारीहरूले समस्याको जड मानेको पुरानै उही साम्प्रदायिक राजनीतिक प्रक्रिया अपनाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक व्यापार र लगानी वृद्धि गर्ने चीनको योजना

चीनले वैदेशिक व्यापार र लगानी वृद्धि एवं उपभोगमा तिब्रता ल्याउने योजना अघि सारेको

पाकिस्तानमा पुलबाट बस खस्दा ४० जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४०

क्यालिफोर्नियामा अर्को गोलीकाण्ड, तीनजनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता नै दोस्रो पटक गोली काण्ड भएको छ । शनिबार

श्रीलङ्काको अर्थतन्त्र २०२४ मा सुधार हुने

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशत र यो