लेवननका प्रधानमन्त्रीद्वारा राजीनामा



गत मङ्गलवार दुई सय जनाभन्दा बढीको ज्यान जानेगरी बेरुतमा भएको विस्फोटनका कारण लेबनानमा जनाक्रोश बढिरहेका बेला प्रधानमन्त्री हसन दीयाबले राजीनामा दिएका छन् । राष्ट्रिय टेलिभिजनमार्फत् सोमवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दीयाबले पदत्याग गरेको घोषणा गरेका हुन् ।

लेबनानीहरूले सरकारमाथि भ्रष्टाचार र अक्षमताको आरोप लगाएका छन् । आक्रोशित मानिसहरूले लगातार तेस्रो दिन प्रदर्शन गरेका थिए । उनीहरूको प्रहरीसँग झडप भएको थियो । वर्षौँदेखि बेरुतस्थित बन्दरगाहमा असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनीअम नाइट्रेटका कारण उक्त विस्फोटन भएको थियो ।

राष्ट्रपति मीसेल आउनले नयाँ सरकार नबनुन्जेल कामचलाउन सरकारका रूपमा अहिलेकै सरकारलाई काम गर्न भनेका छन् । महिनौँको राजनीतिक गतिरोधपश्चात् हसन दीयाब यसै वर्षको जनवरीमा प्रधानमन्त्री नियुक्त भएका थिए । उनले आफ्नो सरकारले देशलाई बचाउनका लागि निकै अगाडि बढेर एउटा मार्गचित्र तयार पारेको तर भ्रष्टाचारका कारण त्यसो हुन नसकेको बताए ।

प्रधानमन्त्रीले आफूलाई सुधारवादी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको र सुधारका लागि वर्षौँदेखिको भ्रष्टाचारले रोकेको बताएको बीबीसीका मध्यपूर्व संवाददाताले बताएका छन् । अब संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्नुपर्नेछ। त्यसका लागि प्रदर्शनकारीहरूले समस्याको जड मानेको पुरानै उही साम्प्रदायिक राजनीतिक प्रक्रिया अपनाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनाको कारबाहीमा सोमालियामाअल शबाबका तीन हजार लडाकूको मृत्यु

बितेका ६ महिनामा सोमाली राष्ट्रिय सेनाले अल–शबाबविरुद्ध देशका विभिन्न भागमा गरेको कारबाहीमा तीन

आँधीका कारण अमेरिकाको मिसिसिपी र अल्बा अस्तव्यस्त

देशको दक्षिणी राज्य मिसिसिपी र अल्बामा आएको भीषण आँधीमा परी २६ जनाले ज्यान

बेलारुसमा आणविक हतियार राख्ने पुटिनको घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक बेलारुसमा आणविक हतियार राख्ने सम्झौता गरेको बताएका

चीन र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना

चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँगको