विश्वमा एक करोड ३१ लाख भन्दाबढी संक्रमित उपचारपछि निको भएर घर फिर्ता



विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ३१ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड २ लाख ४६ हजार ५ सय ८० जना सङ्क्रमण पुष्टि भएकामा १ करोड ३१ लाख ७ हजार ३ सय ६० जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण ७ लाख ३८ हजार ६ सय ९५ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ६४ लाख ५ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६४ हजार ५ सयबढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५२ लाख ५१ हजार ४ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २७ लाख १५ हजार ९ सय बढी निको भएका छन् भने १ लाख ६६ हजार १ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३० लाख ५७ हजार ४ सय ७० पुगेको छ भने १ लाख १ हजार ८ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २१ लाख ६३ हजार ८ सय भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २२ लाख ६७ हजार १ सय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ४४ हजार ३ सयबढीको मृत्यु भईसकेको छ भने १५ लाख ८१ हजार ६ सय भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका