हङ्कङका चर्चित प्रजातन्त्रवादी प्रकाशक जिमी लाई पक्राउ



विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा हङ्कङका चर्चित प्रजातन्त्रवादी प्रकाशक जिमी लाई पक्राउ गरिएको छ । मार्क साईमनका अनुसार लाईलाई चीनले बलपूर्वक कार्यान्वयन गराएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत प्रहरीले नियन्त्रणमा लिएको हो ।

लाई गत वर्ष हङ्कङमा भएको प्रजातन्त्रवादी आन्दोलनका समर्थक र त्यहाँको सबैभन्दा ठूलो एपल डेली समाचारपत्रका प्रकाशक हुन् । उनीसँग वेलायतको नागरिकता पनि छ । गत फेब्रुअरी महिनामा ७१ वर्षीय लाईलाई अवैधानिक रूपमा भेला भएको र बलजफती गरेको अभियोग लगाइएको थियो। पछि उनी धरौटीमा छुटेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीहरूले उक्त कम्पनी अवस्थित भवनमा प्रवेश गरेर खानतलासी गरेका छन् । प्रहरीले सोमवार सात व्यक्तिलाई राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको आशङ्कामा पक्राउ गरिएको पुष्टि गरेको छ । तर प्रहरीले लाईको नाम खुलाएको छैन । सोमवार भएको कारबाही नयाँ कानुनअन्तर्गत गरिएको तेस्रो चरणको पक्राउ हो ।

अहिलेसम्म पक्राउ पर्नेमध्ये लाई सबैभन्दा ठूला र विदेशी नागरिकतावाहक पहिलो व्यक्ति हुन् । जिमी लाई एक अर्ब डलर मूल्याङ्कन गरिएको सम्पत्तिका मालिक हुन् । उनले पहिला कपडा उद्योगबाट धेरै धन कमाए। पछि उनी सञ्चार क्षेत्रमा आए। उनले एपल डेलीको स्थापना गरे । उक्त पत्रिकाले हङ्कङ र चिनियाँ नेतृत्वको बारम्बार आलोचना गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ