कोरोना संक्रमणबाट विश्वमा ७ लाख ३३ हजार भन्दा बढीको मृत्यु



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख १९ हजार ३ सय भन्दाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ करोड २४ हजार २ सय ६३ पुगेको छ ।

संक्रमितमध्ये १ करोड २८ लाख ९८ हजार २ सय ३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय भन्दा बढीको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ९ सइ ९५ पुगेको वल्डोमिटरमा उल्लेख छ ।
संक्रमितमध्ये ६३ लाख ९२ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६४ हजार ६ सयबढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५१ लाख ९९ हजार ४ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २६ लाख ६४ हजार ७ सय बढी निको भएका छन् भने १ लाख ६५ हजार ६ सय भन्दा धेरैको ज्यान गएको छ । उपचार गराइरहेका २३ लाख ६९ हजार १२६ जनामध्ये १७ हजार ८१२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३० लाख ३५ हजार ५ सय ८२ पुगेको छ भने १ लाख १ हजार १ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २१ लाख १८ हजार ४ सय भन्दा बढी निको भएका छन् ।

यस्तै छिमेकी मुलुक भारतामा २२ लाख १४ हजार १ सयभन्दाबढी संक्रमित भएका छन् भने ४४ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १५ लाख ३४ हजार २ सय भन्दाबढी उपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत