बेलारुसमा राष्ट्रपतिविरुद्ध प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच भिडन्त



सरकारी टेलिभिजनले गरेको मतदान पछिको मत सर्वेक्षणले लामो समयदेखिका नेता एलेक्जेन्डर लुकाशेन्का पुनः निर्वाचित हुने देखाएपछि बेलारुसको राजधानी मिन्स्कसहित विभिन्न सहरमा प्रदर्शनकारी र दङ्गा प्रहरीबीच भिडन्त भएका छन् । मिन्स्कमा सिटी सेन्टरबाट भिड हटाउन प्रहरीले स्टन ग्रिनेडहरू प्रयोग गरेको छ। त्यहाँ मानिसहरू घाइते भएको खबर आएको छ ।

सरकारी टेलिभिजनको जनमत सर्वेक्षणले लुकाशेन्का करिब ८० प्रतिशत मतले विजयी भएको देखाएको छ । प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले आफूलाई सात प्रतिशत मात्र मत दिइएको देखाएको उक्त विवरणलाई आफूले नपत्याउने बताएकी छन् । विपक्षीहरूले मतदानमा धाँधली हुनसक्ने ठानेको र आफूहरूले एउटा वैकल्पिक गणना पनि राखेको बताएका छन् ।

३७ वर्षीया तिखानोभ्स्काया जेलमा रहेका श्रीमानको आफ्ना सट्टा चुनावमा उठेकी हुन् र उनले ठूला विपक्षी र्यालीहरूको नेतृत्व गरेकी थिइन् । सन् १९९४ देखि सत्तामा रहेका लुकाशेन्काले देशको स्थिति नियन्त्रणमा रहने वाचा गरेका छन् । राजधानी मिन्स्कमा आइतवार अबेर मिन्स्क हिरो सिटी स्मारक आसपास झडप भएको खबर आएको छ । प्रत्यक्षदर्शी र संवाददाताहरूले दङ्गा प्रहरीले रबरका गोली र पानीका फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको बताएका छन् ।

कैयौँ एम्बुलेन्स घटनास्थलमा गुडेका देखिएका थिए । इन्टरनेट अनुगमनकारी समूह नेटब्लक्सले बेलारुसभरि इन्टरनेटको गतिमा निकै अवरोध भएको र त्यहाँ सूचनाको खाडल बनेको बताएको थियो । कसैले लुकाशेन्कालाई युरोपका अन्तिम तानाशाह भनिरहेका छन् । सन् २०१५ मा भएको पछिल्लो चुनावमा उनले ८३.५ प्रतिशत मतले जितेको घोषणा गरेका थिए । मतदात र मतगणनामा गम्भीर चुनौती दिने कोही पनि पर्यवेक्षकहरू त्यहाँ थिएनन् ।

अहिले नेतृत्वप्रति बढ्दो निराशाबीच चुनाव भएको छ । त्यहाँको राजधानीमा गत महिना दशकयताकै विपक्षीहरूको सबैभन्दा ठूलो प्रदर्शन भएको थियो । मे महिनामा चुनावी अभियान सुरु भएयता दुई हजारभन्दा बढी मानिस पक्राउ परेको एउटा मानवअधिकारवादी संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ