बेलारुसमा राष्ट्रपतिविरुद्ध प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच भिडन्त



सरकारी टेलिभिजनले गरेको मतदान पछिको मत सर्वेक्षणले लामो समयदेखिका नेता एलेक्जेन्डर लुकाशेन्का पुनः निर्वाचित हुने देखाएपछि बेलारुसको राजधानी मिन्स्कसहित विभिन्न सहरमा प्रदर्शनकारी र दङ्गा प्रहरीबीच भिडन्त भएका छन् । मिन्स्कमा सिटी सेन्टरबाट भिड हटाउन प्रहरीले स्टन ग्रिनेडहरू प्रयोग गरेको छ। त्यहाँ मानिसहरू घाइते भएको खबर आएको छ ।

सरकारी टेलिभिजनको जनमत सर्वेक्षणले लुकाशेन्का करिब ८० प्रतिशत मतले विजयी भएको देखाएको छ । प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले आफूलाई सात प्रतिशत मात्र मत दिइएको देखाएको उक्त विवरणलाई आफूले नपत्याउने बताएकी छन् । विपक्षीहरूले मतदानमा धाँधली हुनसक्ने ठानेको र आफूहरूले एउटा वैकल्पिक गणना पनि राखेको बताएका छन् ।

३७ वर्षीया तिखानोभ्स्काया जेलमा रहेका श्रीमानको आफ्ना सट्टा चुनावमा उठेकी हुन् र उनले ठूला विपक्षी र्यालीहरूको नेतृत्व गरेकी थिइन् । सन् १९९४ देखि सत्तामा रहेका लुकाशेन्काले देशको स्थिति नियन्त्रणमा रहने वाचा गरेका छन् । राजधानी मिन्स्कमा आइतवार अबेर मिन्स्क हिरो सिटी स्मारक आसपास झडप भएको खबर आएको छ । प्रत्यक्षदर्शी र संवाददाताहरूले दङ्गा प्रहरीले रबरका गोली र पानीका फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको बताएका छन् ।

कैयौँ एम्बुलेन्स घटनास्थलमा गुडेका देखिएका थिए । इन्टरनेट अनुगमनकारी समूह नेटब्लक्सले बेलारुसभरि इन्टरनेटको गतिमा निकै अवरोध भएको र त्यहाँ सूचनाको खाडल बनेको बताएको थियो । कसैले लुकाशेन्कालाई युरोपका अन्तिम तानाशाह भनिरहेका छन् । सन् २०१५ मा भएको पछिल्लो चुनावमा उनले ८३.५ प्रतिशत मतले जितेको घोषणा गरेका थिए । मतदात र मतगणनामा गम्भीर चुनौती दिने कोही पनि पर्यवेक्षकहरू त्यहाँ थिएनन् ।

अहिले नेतृत्वप्रति बढ्दो निराशाबीच चुनाव भएको छ । त्यहाँको राजधानीमा गत महिना दशकयताकै विपक्षीहरूको सबैभन्दा ठूलो प्रदर्शन भएको थियो । मे महिनामा चुनावी अभियान सुरु भएयता दुई हजारभन्दा बढी मानिस पक्राउ परेको एउटा मानवअधिकारवादी संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा

कोरोनाभाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय

भेनेजुएलाको सर्वोच्च अदालतद्वारा छ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय

भेनेजुएलाको सर्वोच्च अदालतले छ जना पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा कैँदको फैसला सुनाएको

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरे पुनः लकडाउन गर्ने बेलायती प्रधानमन्त्रीको चेतावनी

बोलायका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको

विश्वमा एक लाख ५ हजार भन्दाबढी कोरोना संक्रमितको अवस्था गम्भीर

पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर बढेसँगै विश्वमा सक्रिय संक्रमितको संख्या पनि बढ्दै