बङ्गलादेशमा दुई लाख ५७ हजार भन्दा बढीलाई कोरोना संक्रमण



बङ्गलादेशमा गत २४ घण्टामा कोभिड सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या दुई हजार ४८७ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यससँगै आइतबारसम्म दुई लाख ५७ हजार ६०० व्यक्ति सङ्क्रमित भएका छन् ।

बङ्गलादेशमा गत २४ घण्टामा १० हजार ७५९ सङ्कलित नमूनाको कोभिड–१९ सङ्क्रमण परीक्षण गरिएको बताइएको छ ।
गत २४ घण्टामा थप एक हजार ७६६ जनाको निको भई घर फर्किएका छन् भने अहिलेसम्म निको भई घर फर्किनेको सङ्ख्या एक लाख ४८ हजार ३७० पुगेको छ ।

बङ्गलादेशमा १.३२ प्रतिशत कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म निको हुनेको सङ्ख्या ५७.६० प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ