पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ६५ हजारभन्दा बढीमा कोरोना संक्रमण



महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वका झण्डै दुई करोड मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ५३ हजार भन्दाबढी संक्रमित थपिएसंगै संक्रमितको संख्या १ करोड ९८ लाख २ हजार ३ सय ८६ पुगेको छ । संक्रमितमध्ये १ करोड २७ लाख २० हजार १ सय ८७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, कोरोना संक्रमणबाट ७ लाख २९ हजार ५ सय ६४ जनाको मृत्यु भएको वल्डोमिटरमा उल्लेख छ ।

संक्रमितमध्ये ६३ लाख ५२ हजार ६ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६५ हजार १ सय भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा एकै दिन थप ५२ हजार ८ सय ४८ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५१ लाख ४९ हजार ७ सय २३ पुगेको छ । संक्रमितमध्ये २६ लाख ३८ हजार ४ सय बढी निको भएका छन् भने १ लाख ६५ हजार भन्दा धेरैको ज्यान गएको छ । उपचार गराइरहेका २३ लाख ४८ हजार १९१ जनामध्ये १८ हजार ३३ जनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४६ हजार ३ सय भन्दाबढीमा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमितको संख्या ३० लाख १३ हजार ३ सय ६९ पुगेको छ । संक्रमितमध्ये २० लाख ९४ हजार २ सय भन्दा बढी निको भएका छन् । यस्तै, एकै दिन ८ सय ४१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५ सय ४३ पुगेको छ ।

यस्तै छिमेकी मुलुक भारतामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६५ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भारतमा हाल २१ लाख ५२ हजार भन्दाबढी संक्रमित भएका छन् भने ४३ हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये अहिलेसम्म १४ लाख ७९ हजार ८ सयबढी संक्रमणमुक्त भएका छन् भने ६ लाख २८ हजार ६ सय ७३ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेशियाको पवित्र पर्वतमा रुसी पर्यटकले नांगै तस्बिर खिचेपछि…

बालीस्थित एउटा धार्मिक स्थलमा निर्वस्त्र भएको अभियोगमा इन्डोनेशियाले एक रुसी नागरिकलाई कारबाही गर्दै

रामनवमी मनाउन मन्दिर गएका २५ जना भक्त इनारमा खसे

रामनवमी पर्व मनाउन भारतको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको

पानीजहाजमा आगलागी हुँदा फिलिपिन्समा ३१ जनाको मृत्यु

दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका

अमेरिकी सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त

अमेरिकी सेनाका दुई वटा हेलिकप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् । नियमित अभ्यासका