टिकटक र विच्याटमाथिको प्रतिबन्धले चीन र अमेरिकाको सम्बन्धमा कस्तो असर पर्ला ?



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा महत्वपूर्ण नभएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा बिहीबार मात्र हस्ताक्षर गरेका थिए । त्यसको एकदिन पछि अमेरिकी विज्ञहरुबाट यो प्रतिक्रिया आएको हो ।
अमेरिकी सरकारले लगाएको यो प्रतिबन्ध आगामी ४५ दिनमा लागू हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यो कुराको जानकारी गराएका हुन् ।

अमेरिकाका राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि भन्दै यो प्रतिबन्ध अघि सारेका बताइएको छ । यो कार्यकारी आदेशबमोजिम आगामी ४५ दिनमा टिकटकको कम्पनीका पनि सबै कारोबारमा नै प्रतिबन्ध लाग्ने बताइएको छ ।

यी एपले अमेरिकाको विदेश नीति, राष्ट्रिय सुरक्षा नीति र अमेरिकाको अर्थतन्त्रमा नै यी दुई कम्पनीका एप्सहरुले असर पार्न सक्ने देखेर यो प्रतिबन्ध लगाएको बताइएको थियो ।

तर पनि अमेरिकाका साइबर क्राइम सम्बन्धका विज्ञहरुले यी एपहरुको प्रतिबन्धले अमेरिकाका नागरिकको तथ्यांक संकलनको काम रोक्न त्यति ठूलो सहयोग नपुर्याउने बताएका छन् ।

उनीहरुले अहिले अमेरिकीहरुले देखेको अमेरिकी साइबर सुरक्षाको खाँचोका लागि खासै ठूलो सहयोग नपुर्याउने बताएका छन् । बरु यो विच्याटमाथिको प्रतिबन्धले अमेरिकीहरुलाई सञ्चार गर्ने काममा असजिलो बनाएको बताएका छन् ।

उनीहरुले भनेका छन् कि यो प्रतिबन्धले अमेरिकाले भने जस्तो यहाँका नागरिकको गोपनीयताको हनन् हुने काममा त्यति धेरै रोक्नै सक्दैन बरु अमेरिकामा रहेका चिनियाँ नागरिकबीचको सम्पर्क गर्न र अमेरिकाले चीनसँग गर्ने व्यावसायिक कामका लागि सम्पर्क गर्ने काममा पनि अप्ठेरो बनाउने ती विज्ञहरुले जानकारी दिएका छन् ।

अमेरिकाको सरकारले यी एप्स्माथि प्रतिबन्ध लगाउने कामका लागि दिएको आदेशमा अमेरिकाको सुरक्षाका लागि टिकटकका सञ्चालकविरुद्ध आवश्यक कदम चाल्नु पर्ने भएकोले यो गरिएको बताएका छन् ।

उता यी एपका चीनका सञ्चालकहरुमाथि पनि उनीहरुको कारोबारमाथि प्रतिबन्ध लाग्ने भएकोले यसले दुई देशबीचको व्यापारिक सम्बन्धमा पनि असर गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० बन्दुकधारीको मृत्यु

नाइजेरियाली सेनाले पछिल्लो दुई सातामा गरेको कारबाहीमा ४० जना बन्दुकधारी मारिएको एक सैनिक

फ्रान्समा भएको विरोध प्रदर्शनका कारण बेलायतका राजा चाल्र्सको फ्रान्स भ्रमण स्थगित

अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण फ्रान्सका राजा चाल्र्स तृतीयको

लेबनानलाई वित्तीय सुधारलाई तीव्रता दिन आईएमएफको आग्रह

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन लेबनानलाई निर्देशन दिएको

राहुल गान्धीको सांसद पद खारेज

भारतमा कंग्रेस नेता राहुल गान्धीको लोकसभाको सदस्यको पद खारेज गरिएको छ । लोकसभा