भारतमा दुई दिनमा १ लाख २० हजारभन्दा बढीलाई कोरोना संक्रमण



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ९५ लाख नाघेको छ । चीनको वुहानबाट गत डिसेम्बरदेखि फैलिएको कोरोनाका कारण विश्वभर १ करोड ९५ लाख ३२ हजार ५ सय ३२ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १ करोड २५ लाख ३७ हजार ८ सय ५४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, कोरोना संक्रमणबाट ७ लाख २३ हजार १ सय ८४ जनाको मृत्यु भएको वल्डोमिटरमा उल्लेख छ।

संक्रमितमध्ये ६२ लाख ७१ हजार ४ सयभन्दा बढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६५ हजार १ सय भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा एकै दिन थप ६३ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएपछि संक्रमित संख्या ५० लाख ९५ हजार ५ सय २४ पुगेको छ । संक्रमितमध्ये २६ लाख १६ हजार ९ सय बढी निको भएका छन् भने १ लाख ६४ हजार भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २९ लाख ६७ हजार ६४ पुगेको छ भने ९९ हजार ७ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २० लाख ६८ हजार ३ सय भन्दा बढी निको भएका छन् ।

यस्तै छिमेकी मुलुक भारतमा दुई दिनमा १ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक ६१ हजार ४ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार भारतमा थप ६२ हजार १ सय ७० जना संक्रमित भएका थिए ।

भारतमा हाल २० लाख ८६ हजार ८ सयभन्दाबढी संक्रमित भएका छन् भने ४२ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १४ लाख २७ हजार ६ सय भन्दाबढी उपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’