एयर इण्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो



चालकदल सहित १ सय ९१ जना सवार एयर इन्डिया एक्सप्रेसको विमान दक्षिण भारतीय राज्य केरलामा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या कम्तीमा १७ पुगेको छ । ज्यान गुमाउनेमा दुई जना पाइलट रहेका एअर इन्डिया एक्सप्रेसले जनाएको छ । भारतीय उड्डयन अधिकारीहरूका अनुसार संयुक्त अरब एमिरेट्सको दुबईबाट उडेको एअर इन्डियाको उक्त बोइङ ७३७ विमान क्यालिकट विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो ।

ठूलो पानी परेकाले विमान धावनमार्गमा चिप्लिएको र त्यसपछि बजारिएर दुई टुक्रा भएको समाचारमा जनाइएको छ । विमानमा कोरोनाभाइरसका कारण विदेशमा अलपत्र परेर उद्धार गरिएका भारतीय नागरिकहरू चढेका थिए ।

कैयौँ मानिस घाइते भएका र तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमान दुर्घटनाले आफूलाई दुःखित तुल्याएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युनिसेफद्वारा २०२१ का लागि ६ अर्ब ४० करोड डलर बजेट माग

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले आगामी वर्ष सन् २०२१ का लागि ६ अर्ब ४०

भारतमा कोभिड १९ को खोप केही हप्तापछि आउँछः प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ भाइरसका विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने

अमेरिकामा एकैदिन २ लाख १७ हजारमा कोरोना संक्रमण

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । पछिल्लो

ब्रिटिश प्रक्रियाप्रति पूर्ण विश्वास छः फाउची

वेलायतले हतारोमा कोरोनाभाइरस खोपको प्रयोग अनुमति दिएको भन्ने आफ्नो अघिल्लो टिप्पणी सच्च्याउँदै अमेरिकाका