बन्दुकधारीको आक्रमणबाट नाइजेरियामा २१ जनाको मृत्यु



उत्तरी नाइजेरियामा बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । नाइजेरियाको जाङ्गो कताफ इलाकामा केही समूदायबीच आपसमा गोली हानाहान भएको सरकारी समाचार स्रोतले बताएको छ । तर कुन समुदायबीचमा सो हमला भएको हो भन्ने बारेमा भने केही खुलाइएको छैन ।

बिहीबार राति बिहानीपखबाट शुरु भएको यस बन्दुक आक्रमणमा परी २१ व्यक्तिको ज्यान गएको राज्यका प्रहरी प्रवक्ता मोहमद जालिगले जानकारी दिए । नाइजेरियाको कदुना राज्यको जाङ्गो कताफ क्षेत्रमा यो आक्रमण भएको बताइएको छ । प्रवक्ताका अनुसार बन्दुकधारीहरुको हालसम्म परिचय खुल्न सकेको छैन ।

यद्यपि, स्थानीय मानवअधिकार समूह ‘दक्षिण कदुना पीपुल्स युनियन’ले बिहीबार प्रकाशित एक विज्ञप्तिमा कदुनाको जाङ्गो कताफको पाँच वटा गाउँमा भएको यस आक्रमणमा ३३ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन शान्तिपूर्ण हुन्छ वा हुँदैन, मलाई थाहा छैन : बाइडेन

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त

लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र