बेइरुतमा भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या १३५ पुग्यो



मङ्गलवार लेवननको बेइरुतमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १३५ पुगेको छ भने घाइतेको सङ्ख्या ४ हजार भन्दा बढी छ । राष्ट्रपति मीसेल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको हो । बेइरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ ।

भन्सार प्रमुख बद्रि दाहेरले आफ्नो निकायले उक्त रसायन हटाउन भनेको तर त्यस्तो नभएको बताएका छन् । वेलायतस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेइरुत विस्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमा मा खसालिएको अणु बम बमको शक्तिसँग तुलना गर्ने त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन् ।

उनीहरूले पछिल्लो घटना ’निस्सन्देह आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटन मध्येको एक’ बताएका छन् । अधिकारीहरूका अनुसार बेइरुतको एउटा गोदाममा ६ वर्षदेखि उक्त विस्फोटक पदार्थ राखिएको थियो । विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको मिसनद्वारा शुक्र ग्रहमा ज्वालामुखी विष्फोटको पहिचान

अमेरिकी अन्तरिक्ष ऐजेन्सी नासाको ‘म्यागेलन मिसन’बाट प्राप्त तथ्याङ्कको विश्लेषण गरेर वैज्ञानिकहरूले सन् १९९०

पछिल्लो इजरायली आक्रमणमा रफाह शिविरमा २१ जनाको मृत्यु

  रफाहको पश्चिममा मङ्गलबार विस्थापितहरूको शिविरमा भएको इजरायली आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु

रफाह क्रसिङ्ग पुनः खोल्न तयार रहेको प्यालेस्टिनी राष्ट्रपतिको भनाइ

  प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङ्ग पुनःखोल्ने काम

पपुवा न्यूगिनीका पहिरो पीडितलाई सक्दो सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पपुवा न्यूगिनीमा पहिरोमा परी ज्यान गुमाउने सङ्ख्या करिब ६