भारतमा १९ लाख संक्रमितमध्ये १२ लाख ८१ हजार निको भई घर फिर्ता


विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार २ सय भन्दाबढीको कोरोना संक्रमणबाटै मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ७ लाख ४ हजार ३ सय ६५ पुगेको वल्डोमिटरले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ५२ हजार ९ सय भन्दा बढीमा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ८७ लाख १ हजार ६ सय ७२ पुगेको छ ।

संक्रमितमध्ये १ करोड १९ लाख १५ हजार ३ सय भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, ६० लाख ८१ हजार ९ सयभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६५ हजार ४ सय बढीको अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४९ लाख १८ हजार ४ सय २० पुगेको छ । कोरोना संक्रमणका कारण १ लाख ६० हजार २ सय भन्दा बढीको मृत्यु भएको छ भने २४ लाख ८१ हजार ६ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा २८ लाख ८ हजार भन्दाबढी संक्रमित भएका छन् भने ९६ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १९ लाख ७० हजार ७ सय भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा १९ लाख ६ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ३९ हजार ८ सयबढीको मृत्यु भईसकेको छ भने १२ लाख ८१ हजार ६ सय भन्दाबढी निको भएका छन् ।