अयोध्यामा राम मन्दिर निर्माण गर्न बुधवार दिउँसो शिलान्यास



अगस्ट पाँच तारिख बुधवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेश राज्यको अयोध्यामा राम मन्दिरको आधारशिला स्थापना गर्दैछन् । चाँदीले निर्मित पाँचवटा ईँटा ३२ सेकेन्डभित्र मन्दिरको जगमा राखिसक्नुपर्नेछ ।

त्यसरी आधारशिला राख्ने शुभमुहूर्त मध्यान्ह १२ बजेर १५ मिनेट १५ सेकेन्डमा निस्किएको बताइएको छ । भारतमा अहिले कोरोनाभाइरस सङ्क्रमणको महामारी तीव्र गतिमा फैलिरहेको छ । केन्द्रीय गृहमन्त्री तथा प्रधानमन्त्री मोदीका निकट सहयोगी अमित शाह स्वयं सङ्क्रमित भएर अस्पताल भर्ना भएका छन् ।

सत्ताधारी भारतीय जनता पार्टीका कैयौँ वरिष्ठ अधिकारी, एक पुजारी तथा कैयौँ प्रहरी पनि सङ्क्रमित भएका छन्। तर मन्दिरको शिलान्यास गर्ने योजना पूर्ववत् कार्यान्वयन हुने बताइएको छ । रामको जन्मभूमि मानिएको उक्त ठाउँमा राम मन्दिरको निर्माण हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीको एक प्रमुख निर्वाचन वाचा रहँदै आएको छ । सन् १९९२ मा उक्त स्थलमा रहेको प्राचीन बाबरी मस्जिद भत्काइएपछि हिन्दू मुस्लिम दङ्गा हुँदा हजारौँ मानिसको ज्यान गएको थियो। त्यसयता भारतीय जनता पार्टी तीनचोटि सत्तामा पुगिसकेको छ ।

गत वर्ष नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित स्थलमा राम मन्दिर बनाउन बाटो खोल्ने फैसला गरेपछि त्यहाँ भव्य मन्दिर निर्माणका योजनाले थप गति लिएको थियो । अदालतले बाबरी मस्जिदको गुम्बज भएको स्थान हिन्दू पक्षलाई दिइने फैसला सुनाएको थियो । सन् १९९२ मा मस्जिद भत्काइएको एक दशकपछि यसअघि सन् २००२ मा उक्त विवाद इलाहाबाद उच्च अदालतमा दर्ता भएको थियो ।

त्यसको आठ वर्षपछि सेप्टेम्बर २०१० मा त्यसबारे एउटा फैसला आएको थियो जसअनुसार विवादित २.७७ एकड जमिनलाई बराबर तीन भागमा बाँडेर मुस्लिम समुदाय, हिन्दू समुदाय र हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडालाई दिनुपर्ने आदेश दिइएको थियो । तर हिन्दू र मुस्लिम दुवै समूहले त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेपछि सन् २०११ मा त्यो आदेशलाई खारेज गरिएको थियो ।

उक्त स्थानमा सन् १५२८ मा मुगल सम्राट बाबरको आदेशमा बनेको मानिने एउटा मस्जिद थियो जसको नाम बाबरी मस्जिद रह्यो । सन् १९९२ मा हिन्दूहरूको भिडले सो मस्जिद भत्काइदिएको थियो । त्यतिखेर भारतीय जनता पार्टीका तत्कालीन वरिष्ठ नेता लालकृष्ण आडवाणीलगायतले राम रथयात्राको आयोजना गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रफाह क्रसिङ्ग पुनः खोल्न तयार रहेको प्यालेस्टिनी राष्ट्रपतिको भनाइ

  प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङ्ग पुनःखोल्ने काम

पपुवा न्यूगिनीका पहिरो पीडितलाई सक्दो सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पपुवा न्यूगिनीमा पहिरोमा परी ज्यान गुमाउने सङ्ख्या करिब ६

इन्डिगोको एयरको विमानभित्र बम राखेको हल्ला चलेपछि…

भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा मङ्गलबार अन्तरिक विमानभित्र बम भएको धम्कीको सूचना आएपछि विमानलाई

अन्तर्राष्ट्रिय समुदायद्वारा रफाह घटनामा इजरायलको निन्दा, आक्रमण रोक्न आग्रह

बीबीसी । आइतबार रफाहमा कैयौँ प्यालेस्टिनीहरूको मृत्यु हुने गरी इजरायलले गरेको हवाई हमलाको