पछिल्लो २४ घण्टामा विश्वमा एक लाख ९९ हजारमा कोरोना संक्रमण



कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ९७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय भन्दाबढीको कोरोना संक्रमणबाटै मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ लाख ९७ हजार १ सय ७५ पुगेको वल्डोमिटरले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख ९९ हजार ३ सय भन्दा बढीमा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ८४ लाख ४२ हजार ३ सय ८२ पुगेको छ ।

संक्रमितमध्ये १ करोड १६ लाख ७२ हजार ६ सय भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका हुन् । यस्तै, ६० लाख ७२ हजार ५ सयभन्दाबढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६४ हजार ६ सय बढीको अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४८ लाख ६२ हजार १ सय ७४ पुगेको छ । कोरोना संक्रमणका कारण १ लाख ५८ हजार ९ सयबढीको मृत्यु भएका छन् भने २४ लाख ४६ हजार ७ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा २७ लाख ५१ हजार ७ सय भन्दाबढी संक्रमित भएका छन् भने ९४ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १९ लाख १२ हजार ३ सय भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा १८ लाख ५५ हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ३८ हजार ९ सयबढीको मृत्यु भईसकेको छ भने १२ लाख ३० हजार ४ सय भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन शान्तिपूर्ण हुन्छ वा हुँदैन, मलाई थाहा छैन : बाइडेन

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त

लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र