भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण
भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भएको छ । उनले आइतबार दिउँसो ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । चिकित्सकको सल्लाह अनुसार उनलाई अस्पताल भर्ना गरिने भएको छ ।
गृहमन्त्री शाहले ट्वीट गर्दै भनेका छन्, “कोरोनाका प्रारम्भिक लक्षण देखिएका छन् । मैले कोरोना जाँच गराएँ र रिपोर्ट पोजेटिभ आएको छ । मेरो स्वास्थ्य अवस्था अहिले ठिक छ । तर, चिकित्सकको सल्लाह अनुसार म अस्पताल भर्ना हुँदैछु ।“ उनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् ।