भारतको पन्जाबमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ८६ जनाको मृत्यु



भारतको उत्तरी राज्य पन्जाबमा केही दिनयता विषाक्त मदिरा सेवन गरेका कारण कम्तीमा ८६ जनाको मृत्यु भएको छ । मदिरा उत्पादन नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले शनिवार एक सय ठाउँमा छापा मारेर अवैध रूपमा मदिरा उत्पादन गर्न प्रयोग गरिने सामग्री जफत गर्दै २५ जनालाई पक्राउ गरेको छ । केही दिनयता विषाक्त मदिराका कारण मृत्यु हुने मानिसको सङ्ख्या निरन्तर बढिरहेको छ ।

भारतमा अवैध तरिकाले उत्पादन गरिने तथा गुणस्तरहीन मदिराका कारण प्रत्येक वर्ष सयौँ मानिसको मृत्यु हुने गरेको छ । शुक्रवार पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले मदिराका कारण मानिसहरूको मृत्यु भएको विषयमा छानबिन गर्न निर्देशन दिएका थिए । भारतका विभिन्न राज्यमा अवैध मदिरा ठूलो परिणाममा उत्पादन हुने र स्थानीय व्यापारीमार्फत् उपभोक्तासम्म पुग्ने बताइएको छ ।

आन्ध्र प्रदेश राज्यमा मदिरा भनेर स्यानिटाइजर पिएपछि गत शुक्रवार १० जनाको मृत्यु भएको थियो । स्थापित ब्रान्डका मदिरा महँगो हुने भएकाले ग्रामीण भेगमा अवैध मदिराको बेचबिखन हुने गरेको छ।

तर विषाक्त मदिरा सेवन गर्दा धेरै मानिसले ज्यान गुमाएका छन् । प्रायः उत्पादकहरूले मदिरालाई कडा बनाउन मेथनल प्रयोग गर्छन् । मेथनल सेवन गर्दा आँखाको ज्योति गुम्ने, कलेजो बिग्रिने र मृत्यु हुने पनि हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन शान्तिपूर्ण हुन्छ वा हुँदैन, मलाई थाहा छैन : बाइडेन

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त

लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र