दक्षिण अफ्रिकामा ५ लाख मानिसमा कोरोना संक्रमण पुष्टि


दक्षिण अफ्रिकामा ५ लाख मानिसमा कोरोना संक्रमित पुष्टि भएको छ । यसरी संक्रमितको संख्या बढेपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले भयावह स्थिति निम्तने सक्ने चेतावनी दिएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा १० हजार १ सय भन्दा बढी संक्रमित थपिएका छन् । हाल त्यहाँ संक्रमितको संख्या ५ लाख ३२ हजार नाघेको छ भने ८ हजार १ सय भन्दा बढीको मृत्यु भईसकेको छ । संक्रमित मध्ये आधा जनसंख्या दक्षिण अफ्रिकाको आर्थिक केन्द्र गउते प्रान्तका रहेको बताइएको छ ।