वेलायतमा दुई हप्तापछि लकडाउन खुल्ने



वेलायतमा कोरोनाभाइरस सङ्क्रमण बढेको पाइएपछि यो सप्ताहन्तदेखि खुकुलो पारिने भनिएका क्षेत्रहरूमा लकडाउन कम्तीमा अर्को दुई हप्ताका लागि कायम राख्ने निर्णय गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले अहिले साइकलमा ब्रेक लगाउनुपर्ने बेला आएको बताएका छन् । क्यासिनो र बावलिङ खेलस्थलहरू बन्द रहनेछन् ।

सिनेमाहलजस्ता स्थानमा मास्क अनिवार्य हुनेछ । इङ्गल्यान्डका प्रमुख मेडिकल अफिसर प्राध्यापक क्रिश ह्वीटीले डाउनिङ स्ट्रीटमा प्रधानमन्त्रीसँगै उपस्थित भएरसबै क्षेत्र खुला गरेर पनि भाइरस नियन्त्रण हुन्छ भन्ने विचार गलत भएको बताए । प्रधानमन्त्रीले जोनसनले दैनिक र साप्ताहिक मृत्यु सङ्ख्या कम भएको औँल्याउँदै कोरोनाभाइरस नियन्त्रणमा भएको प्रगति निरन्तर रहने बताए ।

तर केही युरोपेली मुलुकहरू कोरोनाभाइरस नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको भन्दै जोनसनले त्यस्तो अवस्था आएमा वेलायत तयार अवस्थामा रहनुपर्ने बताए । राष्ट्रिय तथ्याङ्क विभाग (ओएनस)ले शुक्रवार जारी गरेको तथ्याङ्क अनुसार एक हप्ता अगाडि प्रतिदिन ३,२०० जनामा सङ्क्रमण पुष्टि हुने गरेकोमा यो हप्ता प्रतिदिन करिब एक हजारले बढेर ४,२०० जति पुगेको छ ।

प्रधानमन्त्री जोनसनले मानिसहरूलाई नियम पालना गर्न, हात धुन मास्क लगाउन र भौतिक दूरि कायम राख्न र लक्षण देखा परेको भए परीक्षणमा जान आग्रह गरे ।

वेलायतमा अहिलेसम्म कोरोनाभाइरसका कारण ४६,११९ जनाले ज्यान गुमाइसकेका छन् । जोनसनले अगस्ट १ तारिखदेखि खोल्ने भनिएका क्षेत्रहरू कम्तीमा दुई हप्ता पछाडि सारिएको बताएका छन् । अर्को सप्ताहन्तदेखि सङ्ग्रहालय र प्रार्थना गर्ने ठाउँहरूमा समेत मास्क अनिवार्य बनाइने भएको छ । अहिले पसल, बैंक, विमानस्थल र भवनभित्र रहेका यातायात कार्यालयमा मास्क अनिवार्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अल्जेरियामा रोकियो रुसी युद्धपोत

  उन्नत हाइपरसोनिक मिसाइलहरूले सशस्त्र रूसी युद्धपोत ‘बिजिनेस कल’ का लागि शुक्रबार अल्जेरियाको

ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि समर्थन

गुजरातमा चण्डीपुरा भाइरसका ३७ संक्रमित फेला

  गुजरातका स्वास्थ्यमन्त्री रुषिकेश पटेलले शुक्रबार राज्यभर चण्डीपुरा भाइरसका ३७ मामिला फेला परेको

श्रीलङ्कामा राष्ट्रपतिको निर्वाचन सेप्टेम्बर २१ मा हुने

श्रीलङ्कामा अनपेक्षितरूपमा आएको आर्थिक सङ्कटका कारण भएको देशव्यापी आन्दोलनले निर्वाचित राष्ट्रपतिलाई विस्थापित गरेपछि