कोरोना संक्रमणबाट भारतमा एकैदिन ७ सय ८३ जनाको मृत्यु



चीनको वुहान शहरमा गत डिसेम्बर अन्तिमबाट फैलिएको कोरोना भाईरसबाट छिमेकी मुलुक भारतमा १६ लाख ३९ हजार भन्दाबढी संक्रमित भएका छन् । लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ९ सय बढी संक्रमित थपिएसंगै संक्रमितको संख्या १६ लाख ३९ हजार ३ सय ५० पुगेको वल्डोमिटरमा उल्लेख छ। एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म १० लाख ५९ हजार बढी संक्रमणमुक्त भएका छन् भने ५ लाख ४४ हजार ४ सयबढीको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ७ सय ८३ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३५ हजार ७ सय ८६ पुगेको छ ।
यस्तै, स्वास्थ्यमा समस्या देखिएपछि भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धी अस्पताल भर्ना भएकी छन् ।

उनलाई बिहीबार साँझ ७ बजे अस्पताल भर्ना गरिएको हो । पेटमा समस्या भएपछि ७३ वर्षीया गान्धीलाई दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । फेब्रुअरी २ मा पनि उनलाई पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा