ट्रम्पद्वारा उपचारमा अप्रमाणित औषधिको पुनः बचाउ



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको प्रयोगको फेरि बचाउ गरेका छन् । ट्रम्पको अभिव्यक्ति उनकै स्वास्थ्य अधिकारीको भनाइसँग मिल्दो छैन ।

कोभिड १९ विरुद्धको उपचारमा औलो विरुद्धको यो औषधिको प्रयोग अस्वीकार गर्नुको एउटै कारण त्यो आफूले सुझाउनु रहेको ट्रम्पको दाबी छ । एक दिनअघि हाइड्रोक्सीक्लोरोक्वाईनको प्रशंसा गर्दै ट्रम्पका जेठा छोराले पोस्ट गरेको एउटा क्लिपमाथि सामाजिक सञ्जाल ट्विटरले प्रतिबन्ध लगाइदिएको थियो ।

उक्त औषधिले कोरोनाभाइरसविरुद्ध लड्न सक्छ भन्ने कुराको कुनै प्रमाण छैन । साथै विज्ञहरूले हाइड्रोक्सीक्लोरोक्वाईनले मुटुमा असर पार्न सक्ने भन्दै सचेत गराएका छन् । गत महिनामात्रै अमेरिकी खाद्य तथा औषधिसम्बन्धी निकाय एफडीएले कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको प्रयोगबारे सचेत गराएको थियो ।

उक्त औषधिले मुटुको ढुकढुकीमा गम्भीर समस्या निम्त्याएको र अरू स्वास्थ्य समस्या पनि देखिएको भन्दै रिपोर्ट आएपछि त्यसको प्रयोगबारे सचेत गराएको एफडीएले जनाएको थियो । विश्व स्वास्थ्य सङ्गठनले पनि हाइड्रोक्सीक्लोरोक्वाईन कोरोनाभाइरसको उपचारमा प्रभावकारी हुने वा त्यसबाट बचाउने भन्ने कुराको हालसम्म कुनै प्रमाण नरहेको जनाएको छ ।

गत मार्चमा ट्रम्पले पहिलो पटक हाइड्रोक्सीक्लोरोक्वाईनको प्रशंसा गरेका थिए । गत मे महिनामा डब्ल्यूएचओले सुरक्षाका कारण कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको परीक्षण गर्न रोकिएको जनाएको थियो ।

सावधानीका लागि भन्दै थुप्रै देशमा भइरहेको परीक्षण अस्थायी रूपमा रोकिएको उसको भनाइ थियो । अमेरिकामा हालसम्म कोरोनाभाइरसबाट ४३ लाख व्यक्ति सङ्क्रमित भएका छन् भने १,४९,००० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफ्रिकामा एमपक्स सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघ्यो

आदिस अबाबा । अफ्रिकामा यस वर्ष हालसम्म एमपक्सबाट सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघेको

६ दिनमा करिब सात हजार सिरियाली लेबनान प्रवेश

बेरुत । आइतबार बसर अल–असदको नेतृत्वमा रहेको सिरियाली सरकारको पतन भएदेखि करिब सात

वैदेशिक रोजगारीमा जाने श्रीलङ्कालीहरूको सङ्ख्यामा वृद्धि

कोलम्बो । श्रीलङ्काको वैदेशिक रोजगार ब्यूरो (एसएलबीएफइ) ले डिसेम्बर १३ सम्म तीन लाख

चीनद्वारा पाँच वटा उपग्रह प्रक्षेपण

जिउक्वान । चीनले बिहीबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पाँचवटा प्रयोगात्मक उपग्रहहरूको