मलेशियाका पूर्वप्रधानमन्त्री रजाकले भ्रष्टाचार गरेको अदालतको ठहर
मलेशियाका पूर्वप्रधानमन्त्री नाजिव रजाकलाई त्यहाँको अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै फैसला सुनाएको छ । पूर्वप्रधानमन्त्री रजाकले आफू प्रधानमन्त्री हुँदा फस्ट एमडीबी लगानी कोषको करोडौं डलर भ्रष्टाचार गरेको अदालतको ठहर छ । अदालतको यो फैसला नाजिव रजाकको मले पार्टी सत्ताच्युत भएपछि करिब ५ महिनापछि आएको हो ।
सन् २०१८ मा भएको निर्वाचनमा नाजिवको पार्टीले पराजय व्यहोरेको थियो । र त्यसवेला चुनाव हार्नुको मुल कारण नाजिवको भ्रष्टाचारको मुद्दा नै थियो । न्यायधिश मोहमद नाज्लान घाजालीले पूर्वप्रधानमन्त्री नाजिवमाथि लागेका सबै ७ वटा आरोपहरु सही भएको प्रतिकृया दिएका छन् । न्यायाधीशले करीव २ घण्टा लगाएर फैसला सुनाएका थिए ।