रुसले अन्तरिक्षमा हतियार परीक्षण गरेको वेलायत र अमेरिकाको आरोप



रुसले भूउपग्रहमा प्रहार गर्न सकिने क्षेप्यास्त्रजस्तो हतियारको अन्तरिक्षमा परीक्षण गरेको अमेरिका र वेलायतले दाबी गरेका छन् । अमेरिकी सरकारले भू उपग्रहलाई मार हान्न सकिने क्षमता भएको उक्त अस्त्रको प्रयोगलाई चिन्ताको विषय भनेको छ । यसअघि रुसको रक्षा मन्त्रालयले अन्तरिक्षमा भएका रुसी उपकरणहरू जाँच्न नयाँ प्रविधि प्रयोग गरिएको जनाएको थियो ।

अमेरिकाले पहिला पनि अन्तरिक्षमा रुसको गतिविधिबारे प्रश्न उठाउने गरेको छ । रुसले अन्तरिक्षमा गरेको अस्त्र परीक्षणबारे वेलायतले पहिलो पटक आरोप लगाएको हो । एउटा छानबिनपश्चात् यूके सरकारले केही दिनअघि रुसी खतराबारे कम आकलन गरिएको बताएको थियो । सले अन्तरिक्षमा अस्त्र नियन्त्रण गर्नुपर्ने बताएपछि बिहीवार एउटा विज्ञप्तिमा अमेरिकाको अन्तर्राष्ट्रिय सुरक्षा मामिला हेर्ने सहायक मन्त्री क्रिस्टोफर फर्डले रुसलाई आडम्बरी भएको आरोप लगाए ।

उनले मस्को अमेरिकाको क्षमतामा अङ्कुश लगाउन चाहन्छ तर आफ्नो प्रतिअन्तरिक्ष कार्यक्रम रोक्ने उसको कुनै उद्देश्य नभएको स्पष्ट देखिएको बताए । ब्रिटिश अन्तरिक्ष निर्देशनालयका प्रमुख हार्भी स्मिथले रुसले अहिले परीक्षण गरेको भूउपग्रहको गुण अस्त्रको जस्तो भएको बताउँदै चिन्ता व्यक्त गरेका छन् । उनले रुसलाई जिम्मेवार बन्न र अब त्यस्ता परीक्षण नगर्न आग्रह गरे । रुस, वेलायत, अमेरिका र चीन सहित १०० भन्दा बढी राष्ट्रले बाह्य अन्तरिक्षमा शान्तिपूर्ण उद्देश्यले मात्र अन्वेषण गर्ने सहमति व्यक्त गर्दै एउटा सन्धिमा हस्ताक्षर गरेका छन् । उक्त सन्धिअनुसार पृथ्वीको कक्ष तथा अन्तरिक्षमा कुनै अस्त्र राख्न पाइँदैन ।

अमेरिकाले सन् २०१८ र यो वर्षको प्रारम्भतिर एउटा रुसी अन्तरिक्ष प्रणाली अमेरिकी भूउपग्रहनजिक पुगेको आरोप लगाएको थियो । अहिलेको घटनामा पनि उक्त प्रणाली नै संलग्न भएको अमेरिकाको दाबी छ । अमेरिकी अन्तरिक्ष बलका प्रमुख जेनरल जे रेमन्डले रुसले अन्तरिक्षमा भूउपग्रह मारक अस्त्र प्रहार गरेको प्रमाण भएको दाबी गरेका छन् ।

रुसले जुलाई १५ मा नयाँ भूउपग्रह परीक्षण गरेको थियो। त्यति बेला रुसी रक्षा मन्त्रालयले अन्तरिक्षमा भएका आफ्ना उपकरणको परीक्षण गर्ने उद्देश्य भएको बताएको थियो । इन्टर्फ्याक्स समाचारसंस्थाका अनुसार मन्त्रालयले नवीनतम अन्तरिक्ष प्रविधि परीक्षण गर्दा एउटा सानो यानमा भएको विशेष उपकरण प्रयोग गरेर एउटा रुसी भूउपग्रह जाँचिएको थियो। उसका अनुसार परीक्षण गरिएको वस्तुको प्राविधिक स्थितिबारे महत्वपूर्ण सूचना सङ्कलन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार