चीन-अमेरिका तनावः छेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न बेइजिङको निर्देशन



चीनले दक्षिण पश्चिमी सहर छेङ्दुमा स्थापित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ । अमेरिकाले टेक्ससको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएपछि चीनले प्रत्युत्तरमा यो निर्णय गरेको हो ।

अमेरिका र चीनको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बनेको छ । चिनियाँ विदेश मन्त्रालयले एउटा वक्तव्यमा आफ्नो निर्देशनलाई अमेरिकाको अनुचित कार्यको प्रतिक्रियाको रूपमा लिइएको उचित र आवश्यक कदम भनेको छ। ‘चीन र अमेरिकाबीचको अहिलेको अवस्था चीनले हेर्न चाहेको होइन र यसका लागि अमेरिका सम्पूर्ण रूपले जिम्मेवार छ,’ वक्तव्यमा भनिएको छ ।

छेङ्दुको अमेरिकी वाणिज्य दूतावास सन् १९८५ मा स्थापना गरिएको र त्यहाँ हाल २०० भन्दा बढी कर्मचारी रहेको बताइएको छ । सो दूतावास तिब्बतसँग नजिक भएका कारण रणनीतिक हिसाबले महत्वपूर्ण मानिन्छ । अमेरिकाले आफ्नो वाणिज्य दूतावास बन्द गर्न दिएको निर्देशनलाई बेइजिङले राजनीतिक रूपले उक्साहटपूर्ण कदमको सङ्ज्ञा दिएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले बौद्धिक सम्पत्तिको रक्षाका निम्ति उक्त कदम चालिएको जनाएको थियो । तर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले त्यसलाई आक्रामक तथा अनुचित भनेका थिए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनको व्यापार र कोरोनाभाइरस महामारीको विषयलाई लिएर चिनियाँ सरकारसँग पटकपटक मतभेद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा