चीनद्वारा मंगलग्रहको अध्ययन गर्न अन्तरीक्ष यान प्रक्षेपण



चीनले मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरीक्ष यान प्रक्षेपण गरेको छ । चीनले आफ्नो मंगल अभियानलाई तियानवेन–१ राखेको छ । चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो । साइट कमान्डर झाङ झुयुले राज्य संचालित सिसिटिभी टेलिभिजनबाट प्रक्षेपण अभियान सफल भएको घोषणा गरेका थिए ।

पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि फेब्रुवरी २०२१ मा ५ करोड ५० लाख किलोमिटरको यात्रा गरेर पृथ्वीमा फर्कने छ । यस मिसनमा एउटा मार्स अर्बिटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको छ । यी उपकरणको मद्दतबाट मंगल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकहरुले बताएका छन् । हार्वर्ड–स्मिथसोनियन सेन्टरका अन्तरिक्षयात्री जोनाथन म्याडावेलले चीनले पहिलो पटक गरेको यस प्रयासबाट ठूलै उपलब्धि हासिल भइहाल्नेमा अहिल्यै आशावादी हुन नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको डिजिटल क्षेत्रमा तीव्र बृद्धिः १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मार्चसम्म

पोप फ्रान्सिसको निधनप्रति विश्व नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

भ्याटिकन सिटी । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले संसारभर

पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने

वार्सा । डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएको ‘२४ घण्टा’ भित्र युक्रेन र रुसबीच

रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन

बीबीसी । रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । भ्याटिकनस्थित