ट्रम्पले अमेरिकी सहरहरूमा सङ्घीय सुरक्षा अधिकारी परिचालन गर्दै



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सहरहरूमा सङ्घीय सुरक्षा अधिकारीहरूलाई पठाउन लागेका छन्। विभिन्न सहरमा हिंसा भड्किरहेका बेला रिपब्लिकन तर्फबाट राष्ट्रपति बनेका ट्रम्पले शिकागो र अन्य दुई डेमोक्र्याटिक पार्टीका नेताहरूले चलाएका सहरमा संघीय सुरक्षा अधिकारीहरू पठाउन लागेका हुन्।

तर यसअघि पोर्टल्याण्ड ओरेगनमा गरिएको संघीय सुरक्षा अधिकारीको परिचालन विवादास्पद बनेको थियो।

पोर्टल्याण्डका स्थानीय अधिकारीहरूले संघीय सुरक्षा अधिकारी परिचालन गरिएपछि त्यसले जातिवाद विरोधी प्रदर्शनकामाझ तनाव निम्त्याएको बताएका छन्।

आलोचकहरूले भने ट्रम्पको यस्तो कदम पुनस् निर्वाचित हुनका लागि चुनावी अभियानको एउटा हिस्सा भएको बताएका छन्।

अमेरिकाका महान्यायाधिवक्ता जेनेरल विलियम बारले मिजुरीको क्यान्जस सीटीमा करिब २ सय सुरक्षा अधिकारीहरू पठाइएको बताएका छन्।

बुधवार सङ्घीय सुरक्षा अधिकारी पठाएको विषयमा ट्रम्पले घोषणा गर्दा महान्यायाधिवक्ता बार पनि सँगै थिए।

बारले क्यान्जस सिटीमा पठाएकै सङ्ख्यामा सुरक्षा अधिकारीहरूलाई शिकागो र करिब ३५ जनालाई न्यू मेक्सिको पठाइने बताए।

गत मे महिनामा एकजना निहत्था अश्वेत पुरुष जोर्ज फ्लोइडको प्रहरी हिरासतका क्रममा मिनेसोटा राज्यमा मृत्यु भएपछि त्यसयता अमेरिकाका थुप्रै सहरहरूमा प्रदर्शनहरू हुँदै आएका छन्।

यसैबीच, न्यूयोर्क, फिलडेल्फिया, लस एन्जलस, सिकागो र मिलवाकीमा बन्दुकजन्य हिंसाका घटना बढेका छन्।

मङ्गलवार राती, सङ्घीय अधिकारीहरूले लगातार ५४ रातदेखि प्रदर्शनहरू भइरहेको पोर्टल्याण्डमा प्रदर्शनकारीमाथि अश्रुग्यास र अन्य तितरबितर बनाउने सामग्रीहरू प्रयोग गरेका थिए।

सङ्घीय अदालतबाहिर भेला भएका सयौंको सङ्ख्याका प्रदर्शनकारीहरूलाई तितर(बितर बनाउने प्रयासमा अधिकारीहरूले ती सामग्रीको प्रयोग गरेका थिए।

चिन्ह नभएको गाडीहरू ओरेगनको ठूलो सहर वरपर चलाएको आरोप ती अधिकारीहरूमाथि छ। उनीहरूले मनोमानी ढङ्गले प्रदर्शनकारीहरूलाई पनि पक्राउ गरेका थिए।

शिकागोकी मेयर लोरि लाइटफुटले मङ्गलवार स्थानीय प्रहरीलाई बल पुर्याउन संघीय सुरक्षा अधिकारीहरू परिचालन गरिने पुष्टि गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा