चीनलाई टेक्ससस्थित वाणिज्य दूतावास बन्द गर्न अमेरिकाको निर्देशन



अमेरिकाले टेक्ससको ह्यूस्टनस्थित आफ्नो वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न चीनलाई निर्देशन दिएको छ । अमेरिकी विदेश मन्त्रालयले बौद्धिक सम्पत्तिको रक्षाका निम्ति उक्त कदम चालिएको जनाएको छ । तर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले त्यसलाई आक्रामक तथा अनुचित भनेका छन् ।

वाणिज्य दूतावासको हाताभित्र अपरिचित व्यक्तिहरूले फोहोर फाल्ने भाँडामा कागजहरू जलाउँदै गरेको भिडिओ सार्वजनिक भएपछि पछिल्ला वक्तव्यहरू आएका हुन् । अमेरिका र चीनबीच पछिल्लो समय तनाव बढ्दो छ । बेइजिङसँगको व्यापार, कोरोनाभाइरस महामारी तथा हङ्कङमा चीनले लागु गरेको नयाँ सुरक्षा कानुनको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको निरन्तर आलोचना गरिरहेका छन् । पछिल्लो सन्दर्भमङ्गलवार अमेरिकी न्याय मन्त्रालयले चीनमाथि ह्याकरहरूलाई प्रायोजन गरेको आरोप लगायो ।

ती ह्याकरहरूले कोरोनाभाइरसविरुद्धको खोपको विकासमा जुटिरहेका प्रयोगशालाहरूलाई निसाना बनाएको बताइन्छ । उल्लेख गर्नुपर्दा मङ्गलवार अमेरिकी न्याय मन्त्रालयले चीनमाथि ह्याकरहरूलाई प्रायोजन गरेको आरोप लगायो जुन ह्याकरहरूले कोरोनाभाइरसविरुद्धको खोपको विकासमा जुटिरहेका प्रयोगशालाहरूलाई निशाना बनाइरहेको बताइन्छ ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले भनेकी छन्, ‘अमेरिकी बौद्धिक सम्पत्ति तथा अमेरिकी व्यक्तिगत सूचनाहरूको रक्षार्थ हामीले मङ्गलवार अमेरिकी न्याय मन्त्रालयले चीनमाथि ह्याकरहरूलाई प्रायोजन गरेको आरोप लगायो। ती ह्याकरहरूले कोरोनाभाइरसविरुद्धको खोपको विकासमा जुटिरहेका प्रयोगशालाहरूलाई निसाना बनाएको बताइन्छ।स्थित चिनियाँ जनगणतन्त्रको वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएका छौँ।’ आफ्नो निर्णय तत्काल फिर्ता नगरे जबाफी कदम चाल्ने चेतावनी चिनियाँ विदेश मन्त्रालयले दिएको छ । उसले अमेरिकामा रहेका चिनियाँ विद्यार्थीप्रति दुव्र्यवहार हुन सक्ने र उनीहरू पक्राउ पर्न सक्ने भन्दै सजग रहन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार