कोरोना नियन्त्रणका लागि चीनले सहयोग नगरेको अमेरिकाको आरोप



अमेरिकाले कोरोना नियन्त्रणका लागि चीनले सहयोग नगरेको आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले कोरोनाको उपचार तथा नियन्त्रणमा सघाउनुको साटो साउथ चाइना सीमा सैन्य क्षमता बढाइरहेको आरोप लगाएका हुन् ।

बेलायती विदेशमन्त्री डोमेनिक रावसँगको भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्री पोम्पीओले महामारीको समयमा विश्वलाई सहयोग गर्नु भन्दापनि छिमेकीसामु दादागिरी देखाएको आरोप लगाए । कोरोना नियत्रणमा विश्व एकजुट भएर काम गर्नुपर्नेमा जोड दिँदै उनले कोरोना भाइरसको बारेमा वास्तविक सूचना लुकाएको आरोप लगाए

। विदेशमन्त्री पोम्पीओले केही समय अघि भारत र चीनबीच सीमामा भएको विवादतर्फ इंगित गर्दै हरेक देशले सीमासम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्थाको पालना गर्नुपर्ने बताए । साउथ चाइना सीको विवादित क्षेत्रमाथि कुनै कानुनी दाबी नरहेको भन्दै चीनले छिमेकीलाई दःुख दिइरहेको ओरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार