आफ्ना बुवाको हत्या गर्ने दुई तालिबान लडाकु मारेर चर्चित बनेकी अफगान किशोरी



गत साता आफ्ना अभिभावकको हत्या गर्ने तालिबान लडाकुहरूसँग भिडेकोमा अफगानिस्तानकी एक किशोरी समाजिक सञ्जालमा चर्चित बनेकी छन् । अफगानिस्तानको घोर प्रान्तका अधिकारीहरूका अनुसार ती किशोरीले परिवारको एके ४७ राइफल लिएर दुई लडाकुलाई मारिदिएकी थिइन् । उक्त घटनामा अन्य कैयौँ घाइते भएका थिए ।

किशोरीका बुवा सरकार समर्थक रहेकाले तालिबानहरू उनको घरमा गएको अधिकारीहरूको भनाइ छ । पछिल्ला दिनहरूमा राइफल समातेको युवतीको फोटो भाइरल भएको छ । उक्त घटनापछि ग्रिवा गाउँमा रहेको उनको घरमा आक्रमण गर्न थप लडाकु पुगेका थिए । तर उनीहरू स्थानीय बासिन्दा र सरकार पक्षीय लडाकुहरूको आक्रमणमा परेका थिए ।

अधिकारीहरूले किशोरी १४ देखि १६ वर्ष उमेरको हुनसक्ने ठानिएको र उनका भाइलाई सुरक्षित स्थानमा राखिएको बताएका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले किशोरीको प्रशंसा गरेका छन् ।

समाचारसंस्था एएफपीका अनुसार नजिबा रह्मीले फेसबुकमा लेखेकी छन्, “उनको हिम्मतलाई सलाम छ।“ फेसबुकमै मोहमद सलेहले टिप्पणी गरेका छन्, “हामीलाई थाहा छ, अभिभावक गुमाउनुको वियोग अपूरणीय हुन्छ, तर तिमीले लिएको बदलाले तुलनात्मक रूपमा शान्ति दिनेछ।“ स्थानीय सञ्चारमाध्यमका अनुसार घोर पश्चिमी अफगानिस्तानको निकै अविकसित प्रान्त हो । त्यहाँ महिलाविरुद्धको हिंसा निकै उच्च छ ।
तालिबानले गत फेब्रुअरी महिनामा अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो । तर उसका कैयौँ सदस्यहरूले अझै पनि अफगानिस्तानको वर्तमान सरकार र संविधानको अन्त्य गर्न आग्रह जारी राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा