विश्वमा कोरोना संक्रमणबाट ६ लाख १९ हजार भन्दा बढीको मृत्यु, एक करोड ५० लाख संक्रमित



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ३८ हजार ७ सयभन्दाबढी संक्रमित थपिएसगै संक्रमितको संख्या १ करोड ५० लाख ९३ हजार ७ सय १२ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ६९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ लाख १९ हजार ४ सय ६७ जना पुगेको वल्डोमिटरले जनाएको छ । हालसम्म ९१ लाख १० हजार ७ सय २४ संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यस्तै, युरोपियन मुलुकहरूमा १ लाख ९९ हजार ७४९ जना, उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९९ हजार ७११ जना, एसियाली मुलुकहरूमा ८२ हजार ६४६ जना र दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २१ हजार ३६० जनाको मृत्यु भएको छ ।

यस्तै, अफ्रिकी मुलुकहरूमा १५ हजार ७७० जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४९ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४० लाख २८ हजार ५ सय ६९ पुगेको छ । जसमध्ये १ लाख ४४ हजार ९ सय ५३ जनाको मृत्यु भएको छ ।
यस्तै, ब्राजिलमा २१ लाख ६६ हजार ५ सय ३२ जना संक्रमित भएका छन् भने ८१ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अल्जेरियामा रोकियो रुसी युद्धपोत

  उन्नत हाइपरसोनिक मिसाइलहरूले सशस्त्र रूसी युद्धपोत ‘बिजिनेस कल’ का लागि शुक्रबार अल्जेरियाको

ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि समर्थन

गुजरातमा चण्डीपुरा भाइरसका ३७ संक्रमित फेला

  गुजरातका स्वास्थ्यमन्त्री रुषिकेश पटेलले शुक्रबार राज्यभर चण्डीपुरा भाइरसका ३७ मामिला फेला परेको

श्रीलङ्कामा राष्ट्रपतिको निर्वाचन सेप्टेम्बर २१ मा हुने

श्रीलङ्कामा अनपेक्षितरूपमा आएको आर्थिक सङ्कटका कारण भएको देशव्यापी आन्दोलनले निर्वाचित राष्ट्रपतिलाई विस्थापित गरेपछि