इजिप्टको संसदद्वारा मुलुकबाहिर सेना परिचालन गर्न स्वीकृति



इजिप्टको संसदले मुलुकबाहिर सेना परिचालन गर्ने एउटा प्रस्तावलाई स्वीकृति दिएको छ । राष्ट्रपति अब्देल फातेह–अल सिसीले लिबियामा टर्कीको समर्थनप्राप्त सैन्यबल विरुद्ध सैन्य कारबाही गर्ने धम्की दिएलगत्तै संसदले यस्तो निर्णय गरेको हो ।

संसदद्वारा जारी वक्तव्यमा इजिप्टको राष्ट्रिय सुरक्षा गर्न एवं आपराधिक सशस्त्र लडाकू एवं विदेशी आतंकवादी तत्व विरुद्ध कारबाही गर्ने गरी इजिप्टको सेनालाई देश बाहिर पनि सैन्य कारबाही गर्न सर्वसम्मत निर्णय गरिएको उल्लेख छ ।

इजिप्टको संसदमा राष्ट्रपति अल–सिसी पक्षधरहरुको भारी बहुमत छ । प्राप्त समाचार अनुसार इजिप्टको सेनालाई लिबियाको पश्चिमी मोर्चामा तैनाथ गरिने छ ।

इजिप्टको पछिल्लो कदमले इजिप्ट र टर्कीबीच पहिलो पटक प्रत्यक्ष गतिरोध उत्पन्न हुने खतरा बढाएको छ किनभने लिबियाको गृहयुद्धमा सक्रिय परस्पर विरोधी दुई समूहलाई इजिप्ट र टर्की दुबैले समर्थन गरिरहेका छन् । इजिप्टसँग युद्धग्रस्त लिबियासँग सहारा मरुभूमिको खुला सीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा