कोरोना संक्रमणबाट भारतमा ज्यान गुमाउनेको २८ हजार नाघ्यो



करिव ६ महिनाभन्दा बढी समयदेखि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर १ करोड ८५ लाख ४३ हजार ३० जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख १३ हजार २ सय १३ जना पुगेको वल्डोमिटरले जनाएको छ ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८९ लाख ७ हजार ६२ पुगेको छ । संक्रमितमध्ये ५३ लाख ३४ हजार भन्दाबढीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने ६३ हजार ३ सय बढीको अवस्था गम्भीर रहेको छ ।

कोरोनाबाट धेरै प्रभावित अमेरिकामा एकै दिन ६२ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ६२ हजार ६५५ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ३९ लाख ६१ हजार ४ सय २९ पुगेको छ । संक्रमितमध्ये १ लाख ४३ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ । १८ लाख ४० हजार भन्दाबढी उपचारपछि घर फर्किएका छन् ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २१ लाख २१ हजार ६ सय ४५ पुगेको छ भने ८० हजार २ सय बढीको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ८१० जना संक्रमित थपिएसगै संक्रमितको संख्या ११ लाख ५४ हजार ९ सय १७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७ लाख २४ हजार ७ सय २ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख २ हजार १ सयबढीको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा ज्यान गुमाउनेको २८ हजार ९९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा