चीनमा सिनेमाघर खोल्न कडा शर्त



चीनमा कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्ने प्रयास अन्तर्गत बन्द रहेका सिनेमाघरहरू फेरि खुला गर्न लागिएको छ । चिनियाँ चलचित्र प्रशासनले सोमवारदेखि कम जोखिम भएका स्थानहरूमा सिनेमाघर खोल्न सकिने बताएको छ ।

चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण यो नयाँ निर्णयको अर्थ देशभरिका लगभग सबै सिनेमाघर खुल्ने अनुमान छ । जनवरीमा सुरु भएको लकडाउनले चीनका सिनेमाघरहरू नराम्ररी प्रभावित भएका र केही स्थायी रूपमा बन्द भइसकेका छन् ।

खुल्ने सिनेमाघरहरूले कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेकोभन्दा आधा सङ्ख्यामा मात्रै चलचित्र देखाउन पाइने कडा नियम पालना गर्नु पर्नेछ । दर्शकहरूको शरिरको तापक्रम नापिने छ र दर्शक र सिनेमाघरका कर्मचारी सबैले जुनसुकै बेलापनि अनिवार्यरूपमा मास्क लगाउनु पर्नेछ ।

चलचित्रको टिकट अनलाइन किन्नुपर्ने र फरक समूहका दर्शकहरू कम्तीमा एक मिटर दूरी कायम गरेर बस्नुपर्ने नियमहरू लगाइएको छ । नयाँ सुरक्षा नियमहरूमा सिनेमाघरमा खानेकुरा र पेय पदार्थ बेच्न नपाइने पनि रहेको छ । पछिल्लो कोरोनाभाइरस सङ्क्रमणको पहिलो केन्द्रविन्दु रहेको चीन चलचित्रको लागि विश्वको दोस्रो ठूलो बजार हो ।

सन् २०१९ मा त्यहाँ चलचित्रको बजार नौ अर्ब डलरभन्दा बढी रहेको थियो । तर यो वर्ष धेरै चिनियाँ र अङ्ग्रेजी चलचित्रहरूको प्रदर्शन रद्द भएकोले त्यो बजार नराम्ररी खस्किने अपेक्षा गरिएको छ ।

जुलाई महिनाको सुरुमा चीनको सबैभन्दा धेरै सिनेमाघरहरूको स्वामित्व रहेको कम्पनी वान्डा फिल्मले यो वर्षको छ महिना घाटा हुने जनाएको थियो । चीनभरि ६०० भन्दा बढी सिनेमाघर रहेको सो कम्पनीले एक दशमलव छ अर्ब युआन घाटा बेहोर्नु पर्ने अनुमान गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मस्कोनजिकै आप्रवासी छात्रावासमा आगलागी, आठ जनाको मृत्यु

मस्को नजिकैको एक गाउँमा बिहीबार आप्रवासीहरू बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

  चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको

मेक्सिकोमा ‘स्टेज’ भत्किँदा नौ जनाको मृत्यु

  बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण

पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने

पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको