चीनमा सिनेमाघर खोल्न कडा शर्त



चीनमा कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्ने प्रयास अन्तर्गत बन्द रहेका सिनेमाघरहरू फेरि खुला गर्न लागिएको छ । चिनियाँ चलचित्र प्रशासनले सोमवारदेखि कम जोखिम भएका स्थानहरूमा सिनेमाघर खोल्न सकिने बताएको छ ।

चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण यो नयाँ निर्णयको अर्थ देशभरिका लगभग सबै सिनेमाघर खुल्ने अनुमान छ । जनवरीमा सुरु भएको लकडाउनले चीनका सिनेमाघरहरू नराम्ररी प्रभावित भएका र केही स्थायी रूपमा बन्द भइसकेका छन् ।

खुल्ने सिनेमाघरहरूले कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेकोभन्दा आधा सङ्ख्यामा मात्रै चलचित्र देखाउन पाइने कडा नियम पालना गर्नु पर्नेछ । दर्शकहरूको शरिरको तापक्रम नापिने छ र दर्शक र सिनेमाघरका कर्मचारी सबैले जुनसुकै बेलापनि अनिवार्यरूपमा मास्क लगाउनु पर्नेछ ।

चलचित्रको टिकट अनलाइन किन्नुपर्ने र फरक समूहका दर्शकहरू कम्तीमा एक मिटर दूरी कायम गरेर बस्नुपर्ने नियमहरू लगाइएको छ । नयाँ सुरक्षा नियमहरूमा सिनेमाघरमा खानेकुरा र पेय पदार्थ बेच्न नपाइने पनि रहेको छ । पछिल्लो कोरोनाभाइरस सङ्क्रमणको पहिलो केन्द्रविन्दु रहेको चीन चलचित्रको लागि विश्वको दोस्रो ठूलो बजार हो ।

सन् २०१९ मा त्यहाँ चलचित्रको बजार नौ अर्ब डलरभन्दा बढी रहेको थियो । तर यो वर्ष धेरै चिनियाँ र अङ्ग्रेजी चलचित्रहरूको प्रदर्शन रद्द भएकोले त्यो बजार नराम्ररी खस्किने अपेक्षा गरिएको छ ।

जुलाई महिनाको सुरुमा चीनको सबैभन्दा धेरै सिनेमाघरहरूको स्वामित्व रहेको कम्पनी वान्डा फिल्मले यो वर्षको छ महिना घाटा हुने जनाएको थियो । चीनभरि ६०० भन्दा बढी सिनेमाघर रहेको सो कम्पनीले एक दशमलव छ अर्ब युआन घाटा बेहोर्नु पर्ने अनुमान गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा