आसामको काजिरङ्गा निकुञ्जमा बाढीका कारण आठ वटा गैंडा मृत फेला



उत्तरपूर्वी भारतको एक राष्ट्रिय निकुञ्जमा हालैको बाढीका कारण कम्तीमा आठवटा दुर्लभ एकसिङ्गे गैँडा सहित १०० भन्दा बढी जङ्गली जनावरको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । आसामको काजिरङ्गा निकुञ्जमा लोपोन्मुख एकसिङ्गे गैँडाको सङ्ख्या संसारमा नै सबैभन्दा धेरै रहेको छ ।

यो शताब्दीको आरम्भतिर एकसिङ्गे गैंडा लोप नै हुने अवस्थामा पुगेको थियो । तर यो वर्षको मनसुनका कारण उक्त निकुञ्जको ८५ प्रतिशत भूभाग पानीमा डुबेको बताइएको छ । यो वर्षको बाढीले गर्दा भारत, नेपाल र बाङ्ग्लादेशमा २०० भन्दा बढी मानिसको मृत्यु हुनुको साथै लाखौँ विस्थापित भैसकेका छन् ।

कम्तीमा २ हजार चार सय एकसिङ्गे गैँडा रहेको काजिरङ्गा निकुञ्ज युनेस्को विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ । निकुञ्ज अधिकारीहरूले द हिन्दुस्तान टाइम्सलाई यो मनसुनमा आठवटा गैँडा पानीमा डुबेर मरेका र गत महिना प्राकृतिक कारणले एउटा गैँडा मरेको बताएका छन् ।

त्यहाँ हरिण, अर्ना, दुम्सीजस्ता दर्जनौँ अन्य जनावरहरू पनि पानीमा डुबेर र पानीबाट बच्न सुरक्षित स्थानतर्फ जानलाग्दा गाडीको ठक्करबाट मरेका छन् । यो वर्षको मनसुनका कारण उक्त निकुञ्जको ८५ प्रतिशत भूभाग पानीमा डुबेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली सेनाद्वारा तीन बन्धकको शव बरामद

इजरायली सेनाले शुक्रबार उत्तरी गाजा पट्टीको जबालियामा रातभरको कारबाहीपछि तीन जना बन्धकको शव

अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा सिङ्गापुरका पूर्वप्रधानमन्त्री लीका भाइलाई दुई लाख ९६ हजार डलर जरिवाना

सिङ्गापुरको अदालतले शुक्रबार पूर्व प्रधानमन्त्री ली सिएन लुङका भाइलाई दुई शीर्ष मन्त्रीप्रतिको अपमानजनक

पपुवा न्युगिनीमा पहिरोमा परी करिब एकसय जनाको मृत्यु भएको आशङ्का

पपुवा न्युगिनीको एक दुर्गम गाउँमा शुक्रबार बिहान गएको भीषण पहिरोमा परी कम्तीमा १००

महाराष्ट्रको रासायनिक कारखानामा भएको विस्फोट परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रको रासायनिक कारखानामा भएको विस्फोट परी ज्यान गुमाउनेको सङ्ख्या ११