पठाओका सिइओ सलेहको हत्या अभियोगमा उनकै सहयोगी पक्राउ



अमेरिकाको न्यूयोर्कमा मृत भेटिएका पठाओका एक संस्थापक फहिम सलेहको हत्या अभियोगमा एक व्यक्तिलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । म्यान्हटनस्थित आफ्नो अपार्टमेन्टमा ३३ वर्षीय सलेहको शव टाउको र अन्य अङ्ग काटिएको बीभत्स अवस्थामा भेटिएको थियो । उनका २१ वर्षीय सहायक टाइरिस हस्पिललाई गिरफ्तार गरिएको र हत्याको अभियोग लगाइएको छ ।

प्रहरीका अनुसार सन्दिग्ध ती युवकले सलेहको दशौँ हजार डलर तिर्न बाँकी रहेको आरोप छ । व्यवसायी सलेहले बाङ्ग्लादेश र नाइजिरियामा लोकप्रिय राइड शेयरिङ कम्पनी स्थापना गरेका थिए । ती व्यक्तिले सलेहलाई विद्युत् प्रवाह गर्ने अस्त्र टेसर प्रहार गरेको र धारिलो हतियारले साङ्घातिक आक्रमण गरेको आरोप लगाइएको छ ।

सलेह केही दिन नदेखिएपछि उनकी बहिनीले प्रहरीलाई खबर गरेकी थिइन् । मङ्गलवार उनको शव भेटिएको थिए । अमेरिकी सञ्चारमाध्यमका अनुसार सलेह बस्ने भवनको सीसीटीभी फुटेजमा सोमवार मास्क लगाएका एक मानिससँगै उनलाई लिफ्टबाट आएको देखिन्छ । प्रहरीका अनुसार उनको शरीरनजिकै विद्युतीय करौँती भेटिएको छ ।

सलेह बाङ्ग्लादेशी आप्रवासीका छोरा हुन् । उच्च शिक्षा अध्ययन गरिरहेकै बेला उनले पहिलो कम्पनी स्थापना गरेका थिए । उनी सन् २०१५ मा बाङ्ग्लादेश र नेपालमा लोकप्रिय रहेको पठाओको सहसंस्थापक बन्न पुगेका थिए । हालसालै उनले नाइजिरियामा मोटरसाइकल ट्याक्सी एप गोकाडा स्थापनामा सहयोग गरेका थिए । तर यो वर्षको सुरुमा त्यहाँको ठूलो सहर लागोसका अधिकारीहरूले मोटरसाइकल ट्याक्सीमा प्रतिबन्ध लगाएपछि उक्त कम्पनीले धक्का बेहोरेको थियो ।

दुवै कम्पनीले ती उद्यमी युवाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । ट्वीट गर्दै गोकाडाले सलेह आफ्ना लागि राम्रो अगुवा, प्रेरणाका स्रोत र सकारात्मक व्यक्तित्व भएको बताएको छ । सलेहसँगै मिलेर पठाओको स्थापना गरेका हुसैन एम इलिअसले बाङ्ग्लादेशको डेली स्टार समाचारपत्रलाई फहिम ’बाङ्ग्लादेश र अन्यत्रको जीवन बदल्ने सम्भावना प्रविधिमा रहेको विश्वास राख्ने व्यक्ति’ भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा