बाढी र डुबानमा परी चीनमा १४० जनाको मृत्यु



चीनमा बाढी र डुबानमा परी कम्तिमा १ सय ४० जनाको मृत्यु भएको छ । मध्य र पूर्वी चीनका बस्तीहरु बाढी र डुबानले नराम्रोसँग प्रभावित भएका छन् । बाढीमा परी अझै केही हराईरहेका छन् ।

दसौं लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय पक्की घरहरु समेत बाढी र डुवानका कारण भत्किएका छन् । चीनमा ६ दशक यताकै भारी वर्षा भएको बताइएको छ । बाढीले नौ वटा प्रान्त प्रभावित भएका बताइएको छ । अझै पाँच दिनसम्म भारी वर्षा हुने चीनका मौसमविदहरुले पूर्वानुमान गरेका छन् । चिनियाँ अधिकारीहरुले देशका ३३ वटा नदीहरुमा उच्च बहाव भएको जानकारी दिएका छन् ।

चीनको स्वच्छ पानीको सबैभन्दा ठूलो ताल भनेर चिनिने पोयाङ्गका धेरै ठाउँका बाँधहरु भत्किएका छन् । त्यहाँ सैनिक परिचालन गरी अस्थायी बाँध मर्मत गरिएको छ । जसले दक्षिण–पूर्वी चीनको चियाङ्गसिङ्ग प्रान्तको लुशान शहरलाई जोगाउने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

  फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य पाँच देशलाई ब्लकको बजेट

अल्जेरियामा रोकियो रुसी युद्धपोत

  उन्नत हाइपरसोनिक मिसाइलहरूले सशस्त्र रूसी युद्धपोत ‘बिजिनेस कल’ का लागि शुक्रबार अल्जेरियाको