कोरोनाभाइरसपछि चीनको अर्थतन्त्रमा वृद्धि



चीनको अर्थतन्त्रमा यो वर्षको पहिलो त्रैमासिकमा ठूलो मन्दीपछि दोस्रो त्रैमासिकमा ३.२ प्रतिशतले वृद्धि भएको छ । कोरोनाभाइरस लकडाउनका कारण संसारको दोस्रो ठूलो अर्थतन्त्र सन् २०२० को पहिलो तीन महिनामा ६.८ प्रतिशतले ओरालो लागेको थियो । तर बुधवार सार्वजनिक गरिएका विवरणमा चीनको कुल गार्हस्थ उत्पादन जीडीपी एप्रिलदेखि जुनमा बढेको देखिएको छ ।

चीनले आफ्नो अर्थतन्त्र पुनः चालु गरेको अवस्थामा संसारले नै चीनको यो सङ्ख्यालाई कुरिरहेको थियो । यो अङ्क विज्ञहरूले अनुमान गरेभन्दा बढी हो र यसले अर्थतन्त्र ह्वात्तै उकालो लाग्न थालेको सङ्केत गरेको छ । यसको अर्थ चीन प्राविधिक रूपमा आर्थिक मन्दीबाट जोगिएको छ किनभने त्यसका लागि लगातार दुई त्रैमासिकमा अर्थतन्त्र ओरालो लाग्नुपर्छ ।

जर्मन बैंकको एक अध्ययनमा चीनको अर्थतन्त्रको पुनर्उत्थान लगभग पूरा भएको उल्लेख गरिएको छ । गएको मेमा कोरोनाभाइरस महामारीका कारण चीनले सन् २०२० को लागि आर्थिक वृद्धिको लक्ष्य नराख्ने बताएको थियो । सन् १९९० यता चीनले वार्षिक वृद्धिको लक्ष्य नराखेको यो पहिलोपटक हो । राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार यो वर्षको पहिलो छ महिनामा चीनको अर्थतन्त्र १.६ प्रतिशतले खस्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अल्जेरियामा रोकियो रुसी युद्धपोत

  उन्नत हाइपरसोनिक मिसाइलहरूले सशस्त्र रूसी युद्धपोत ‘बिजिनेस कल’ का लागि शुक्रबार अल्जेरियाको

ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि समर्थन

गुजरातमा चण्डीपुरा भाइरसका ३७ संक्रमित फेला

  गुजरातका स्वास्थ्यमन्त्री रुषिकेश पटेलले शुक्रबार राज्यभर चण्डीपुरा भाइरसका ३७ मामिला फेला परेको

श्रीलङ्कामा राष्ट्रपतिको निर्वाचन सेप्टेम्बर २१ मा हुने

श्रीलङ्कामा अनपेक्षितरूपमा आएको आर्थिक सङ्कटका कारण भएको देशव्यापी आन्दोलनले निर्वाचित राष्ट्रपतिलाई विस्थापित गरेपछि