उडिरहेको विमानको शौचालयमा ’बम नोट’ भेटिएपछि ….



पोल्याण्डको क्र्याकोफबाट आयरल्याण्डको डब्लिनतर्फ उडिरहेको एउटा विमानको शौचालयमा जहाजभित्र विस्फोटक पदार्थ भएको दाबी गरिएको पत्र भेटिएपछि आपत्कालीन अवतरण गराइएको छ । राइन एयरको उक्त उडानलाई ब्रिटेनको स्टानस्टेड विमानस्थलतर्फ मोडिएको थियो जहाँ एसेक्सका प्रहरीहरूले विमानको जाँच गरेका थिए ।

स्थानीय समय अनुसार साँझको ६ बजेर ४० मिनेटमा अवतरण गर्नुअघि दुईवटा लडाकू जेटले विमानलाई पहरा दिएका थिए । त्यसक्रममा रोयल एयर फोर्सको जेटहरूले गरेको हतारोपूर्ण उडानबारे मानिसहरूले सामाजिक सञ्जाल ट्विटरमा पोष्टहरू गरेका थिए ।

विमान सेवाका एकजना प्रवक्ताले विमान सामान्य रूपमै अवतरण भएको जानकारी दिए । प्रहरीले अहिले विमानलाई एक्लो ठाउँमा लगेर जाँच गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

  फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य पाँच देशलाई ब्लकको बजेट

अल्जेरियामा रोकियो रुसी युद्धपोत

  उन्नत हाइपरसोनिक मिसाइलहरूले सशस्त्र रूसी युद्धपोत ‘बिजिनेस कल’ का लागि शुक्रबार अल्जेरियाको