भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, २३ हजारको मृत्यु


चीनको वुहान शहरमा गत डिसेम्बर अन्तिमबाट फैलिएको कोरोना भाईरसबाट छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ९ लाख नाघेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट भारतमा ९ लाख ७ हजार ६ सय ४५ जना संक्रमित भएका छन् । भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।

यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ हजार ७ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ४० जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमितमध्ये ५ लाख ७२ हजार १ सय १२ संक्रमणमुक्त भएका छन् भने ३ लाख ११ हजार ८ सय ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।