विश्वका ७४ लाख ७८ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएर डिस्चार्ज



विश्वभर ७४ लाख ७८ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । १ करोड २८ लाख ४२ हजार १ सय १२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकामा ७४ लाख ७८ हजार १ सय ९६ जना उपचार पछि निको भएर घर फर्किएका हुन् । यस्तै, संक्रमितमध्ये ५ लाख ६७ हजार ६ सय ५३ जनाको मृत्यु भईसकेको वल्डोमिटरको तथ्यांकमा उल्लेख छ ।

संक्रमितमध्ये ४७ लाख ९६ हजार २ सय ६३ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ५८ हजार ८ सय ३२ जनाको अवस्था गम्भिर रहेको छ । यस्तै, सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ३३ लाख ५५ हजार ६ सय ४६ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख ३७ हजार ४ सय ३ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये १४ लाख ९० हजार ४ सयभन्दा बढी निको भएका छन् । यस्तै, ब्राजिलमा १८ लाख ४० हजार बढी, भारतमा ८ लाख ५० हजार बढी र रसियामा ७ लाख २० हजार बढी संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अल्जेरियामा रोकियो रुसी युद्धपोत

  उन्नत हाइपरसोनिक मिसाइलहरूले सशस्त्र रूसी युद्धपोत ‘बिजिनेस कल’ का लागि शुक्रबार अल्जेरियाको

ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि समर्थन

गुजरातमा चण्डीपुरा भाइरसका ३७ संक्रमित फेला

  गुजरातका स्वास्थ्यमन्त्री रुषिकेश पटेलले शुक्रबार राज्यभर चण्डीपुरा भाइरसका ३७ मामिला फेला परेको

श्रीलङ्कामा राष्ट्रपतिको निर्वाचन सेप्टेम्बर २१ मा हुने

श्रीलङ्कामा अनपेक्षितरूपमा आएको आर्थिक सङ्कटका कारण भएको देशव्यापी आन्दोलनले निर्वाचित राष्ट्रपतिलाई विस्थापित गरेपछि