ट्रम्पले घटाइदिए पूर्वसल्लाहकार रोजर स्टोनको जेल सजाय



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना एकजना पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजायलाई घटाइदिएका छन् । वाशिङ्टन डीसी कोर्ट अफ अपिल्सले स्टोनको ४० महिने हिरासत सुरु हुने समय पछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पको यस्तो घोषणा बाहिर आएको हो । अमेरिकी कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा स्टोनलाई दोषी ठहर्याइएको छ ।

सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएर सजाय पाउने स्टोन ट्रम्पका छैटौँ सल्लाहकार हुन् । ६७ वर्षीय स्टोनले आगामी मङ्गलबार जोर्जियाको एउटा सङ्घीय जेलमा उपस्थित हुनुपर्ने थियो । ह्वाइट हाउसले एउटा वक्तव्यमा रोजर स्टोन रुसी छलकपटको सिकार भएका पीडित भएको उल्लेख छ ।

ह्वाइट हाउसले राष्ट्रपति निर्वाचनमा रुसको संलग्नताबारे छानबिन गर्ने मुख्य छानबिनकर्ता रोबर्ट मुलर मातहतका अभियोजनकर्ताहरूले ट्रम्पको चुनावी अभियानमा रुसको संलग्नता पुष्टि गर्न नसकेपछि त्यसको निराशा स्टोनमाथि पोखेको बताएको छ । ह्वाइट हाउसले स्टोन पहिले नै धेरै पीडित भइसकेको पनि जनाएको छ ।

स्टोनले जनाए अनुसार सजाय कम गर्नेबारे ट्रम्पले उनलाई शुक्रवार फोन गरेका थिए । उनले उक्त निर्णयको खुसीयाली मनइरहेको बताए। तर अमेरिकी कङ्ग्रेसको तल्लो सदनको गुप्तचर समितिका अध्यक्षले चाहिँ ट्रम्पको उक्त निर्णयले अमेरिकामा दुईखाले न्यायप्रणाली रहेको “एउटा उनका अपराधी साथीहरूका लागि र अर्को सबैका लागि“ भन्ने स्पष्ट पारेको भन्दै आलोचना गरेका छन् । विपक्षी डेमोक्रेटिक पार्टीका नेताहरूले पनि ट्रम्पको उक्त कदमको आलोचना गरेका छन् ।

स्टोनले सन् १९७० देखि रिपब्बलिकनहरूसँग काम गर्दै आएका छन्। उनले आफ्नो पिठ्यूँमा रिचर्ड निक्सनको ट्याटू खोपेका छन् । सन् १९९० को दशकमा उनले ट्रम्पको क्यासिनो व्यवसायका लागि लबीकर्ताको रूपमा काम गरेका थिए र सन् २००० मा ट्रम्पको असफल ह्वाइट हाउस दौडमा सघाएका थिए । नेटफ्लिक्स डक्युमेन्ट्री ’गेट मी रोजर स्टोन’का अनुसार यी रणनीतिकारले ट्रम्पलाई पुनः राष्ट्रपतीय दौडमा फर्कन प्रोत्साहन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट