अमेरिकालाई मृत्युदण्ड सम्बन्धी कानुन नब्यूँताउन इयूको आग्रह



युरोपेली युनियनले मृत्युदण्ड सम्बन्धी अमेरिकी संघीय कानुन ब्यूँताउने अमेरिकी प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै उक्त कानुन फिर्ता लिन आग्रह गरेको छ । अमेरिकाले १७ वर्षपछि मृत्युदण्ड सम्बन्धी विवादास्पद कानुन पुनः ब्यूँताएको छ । संघीय मृत्युदण्डको अभ्यास पुनः शुरु गर्ने गरी संयुक्तराज्य अमेरिकाले एक वर्षअघि निर्णय गरेको थियो ।

पछिल्लो पटक यस्तो सजाय सन् २००३ मा दिइएको थियो । अमेरिकी अदालतहरुले गत जुनामा घातक सुई दिएर मृत्युदण्ड दिन मञ्जुरी दिएका थिए । अधिकारीहरुले यही जुलाई र अगस्टमा पनि चार जनालाई मृत्युदण्ड दिँदैछन् । युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलले आगामी जुलाई १३ का लागि तय भएको मृत्युदण्डलाई स्थगित गर्न र यसअघिको संघीय नियममाथि पुनर्विचार गर्न अमेरिकी प्रशासन समक्ष अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट