दक्षिण कोरियाको राजधानी सिओलका मेयर मृत फेला



दक्षिण कोरियाको राजधानी सिओलका मेयरको शव प्रहरीले फेला पारेको छ । बिहीबार बेपत्ता भएका मेयर पार्क वन सूनको शव प्रहरीले फेला पारेको हो । पार्कले घर छोड्नुअघि एक सन्देश दिएर गएको उनकी छोरीले प्रहरीलाई जानकारी गराएपछि खोजि थालिएको थियो । मेयर पार्कको शव प्रहरीले सिओलको उत्तरी क्षेत्रमा रहेको माउन्ट बुगाकमा फेला पारेको हो ।

उनको फोनको सिंग्नल अन्तिमपटक सोही क्षेत्र नजिक पहिचान भएको थियो । उनको मृत्युको कारण अहिलेसम्म खुलाइएको छैन । उनी बेपत्ता हुनु भन्दा केही घण्टा पूर्व महिला कर्मचारीले यौन हिंसाको आरोपमा पार्कविरुद्ध उजुरी दिएको खुलेको छ । पार्क सन् २०११ देखि सिओलको मेयर थिए । उनी गत जुनमा तेस्रो तथा अन्तिम कार्यकालका लागि निर्वाचित भएका थिए । दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको पार्टीका सदस्य पार्कलाई सन् २०२२ को राष्ट्रपति चुनावका सम्भावित उम्मेदवारका रुपमा हेरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट