भारतीय प्रहरीद्वारा गुण्डा नाइके विकास दुवेको हत्या



भारतीय प्रहरीले गुण्डा नाइके विकास दुवेलाई मारिदिएको छ । हत्या, लुटपाटलगायतका दर्जनौं घटनामा संलग्न भएको आरोप लागेका दुवेलाई बिहीबार मध्यप्रदेश प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लगिंदै थियो ।

प्रहरीका अनुसार शुक्रबार बिहान उनलाई लिएर गइरहेको गाडी सडक किनारमा पल्टिएको र त्यसपछि दुवेले प्रहरीको हतियार खोसेर आक्रमणको प्रयास गरेका थिए ।

त्यसको जवाफी कारबाहीमा उनी मारिएका प्रहरीले दाबी गरेको छ । भारतको कानपुरमा दुवेलाई पक्राउ गर्न गएको टोलीमाथि दुवे समूहको आक्रमणमा परी गता साता एक डिएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट