अमेरिकी राष्ट्रपतिकी पत्नीको प्रतिमा उनकै मातृभूमि स्लोभेनियामा जलाइयो



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको एउटा काठको प्रतिमालाई स्लोभेनियास्थित उनको गृहनगरनजिकै आगो लगाइएको छ । सो प्रतिमा निर्माण गरेका अमेरिकी कलाकार ब्र्याड डाउनीका अनुसार अमेरिकी स्वतन्त्रता दिवसको दिन जुलाई ४ मा सो प्रतिमालाई क्षति पुर्याइएको थियो ।

बर्लिनमा रहेका डाउनीले जुलाई ५ मा सो प्रतिमालाई त्यहाँबाट हटाउन लगाए । प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको रोएटर्स समाचारसंस्थाले जनाएको छ। ह्वाइट हाउसले यस विषयमा प्रतिक्रिया दिएको छैन । मेलानिया ट्रम्पसँग थोरै मात्रै समानता भएको सो प्रतिमा उनको गृहनगर सेभ्निकाको बाहिरी क्षेत्रमा रहेको एउटा रूखको काठमा कुँदिएको थियो ।

डोनल्ड ट्रम्पको राष्ट्रपतीय शपथ ग्रहण समारोहमा सहभागी हुँदा मेलानियाले लगाए जस्तै नीलो लुगा देखाउन रङ्गरोगन गरिएको र एउटा हातले आकाशतिर सङ्केत गरेको देखिने उक्त प्रतिमा सन् २०१९ को जुलाईमा अनावरण गरिएको थियो ।

सहरका केही बासिन्दाले उक्त प्रतिमालाई मेलानिया ट्रम्पसँग “अमिल्दो कार्टुनजस्तो“ भनेर टिप्पणी गरेका थिए । डाउनीले रोएटर्सलाई आफूले कसले र किन सो प्रतिमालाई क्षति पुर्यायो जान्न चाहेको बताएका छन् । स्लोभेनिया पूर्वयुगोस्लोभियामा हुँदा त्यहाँ जन्मेर हुर्केकी मेलानिया ट्रम्प सन् १९९० को दशकमा अमेरिका आएकी थिइन् ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि सेभ्निका पर्यटकीय आकर्षण बनेको छ । त्यहाँका स्थानीय व्यवसायीहरूले मेलानिया ट्रम्पको नाम भएका चप्पल, केक र बर्गरजस्ता सामानहरू बेच्न थालेका छन्। गत वर्षको अगस्टमा स्लोभेनियाको राजधानीनजिकै राष्ट्रपति ट्रम्पको २६ फिट अग्लो काठको प्रतिमा अनावरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट